असार २४, २०८२ मंगलबार July 8, 2025

राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षकमा खड्की नियुक्त

मुख्य प्रशिक्षकमा अस्ट्रेलियन नागरिक म्याट रोसलाई नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, फागुन २१ गते । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षकमा सल्यान खड्की नियुक्त हुनुभएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मङ्गलबार खड्कीलाई सहायक प्रशिक्षकको जिम्मेवारी दिएको हो । एन्फा महासचिव किरण राईले खड्कीलाई नियुक्ति पत्र प्रदान गर्नुभयो ।

एन्फाले आइतबार मात्र टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियन नागरिक म्याट रोसलाई नियुक्त गरेको थियो । एन्फाले खड्कीलाई नेपालले आगामी मार्च २१ गते सिङ्गापुरसँग खेल्ने मैत्रीपूर्ण खेल र मार्च २५ मा मलेसियासँग खेल्ने एसिएन कप छनोट खेल २०२७ लाई लक्षित गरी जिम्मेवारी दिएको हो ।

एन्फाले मङ्गलबारनै टोलीको गोलरक्षक प्रशिक्षकमा विनोद महर्जन, व्यवस्थापकमा नकुल हमाल र रमेशकुमार कार्की तथा फिजियोमा निशान्त जोशीलाई नियुक्त गरेको छ । फुटबल टोलीको बन्द प्रशिक्षणका लागि प्रशिक्षक रोसले ३० खेलाडी बोलाउनुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया