कार्तिक २५, २०८३ बुधबार November 11, 2026

मुख्यमन्त्री सिंह र फिनल्यान्डका राजदूतबीच भेटवार्ता

लगानी वृद्धि गर्न युरोपेली युनियन (इयु) तथा फिनल्यान्डका राजदूतलाई आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा सकारात्मक तथा तीव्र प्रतिफल प्राप्तिका लागि लगानी वृद्धि गर्न युरोपेली युनियन (इयु) तथा फिनल्यान्डका राजदूतलाई आग्रह गरेका छन् ।

बुधबार इयुका राजदूत भेरोनिक लोरेञ्जो र फिनल्यान्डका राजदूत रिना–रिक्का हेइक्कासँग जनकपुरधाम स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट गर्दै मुख्यमन्त्री सिंहले सशक्तीकरण मार्फत शिक्षामा विपन्न, महिला, दलित तथा पिछडिएका समुदायको पहुँच सुनिश्चित गर्न, जीविकोपार्जन तथा समाज उन्नयनमा सघाउ पुग्ने गरी शिक्षाको गुणस्तर बढाउन तथा विद्यालयका भौतिक संरचना एवम् पठन सामग्रीको पर्याप्त उपलब्धताका लागि काम गर्नुपर्ने चुनौती रहेको उल्लेख गरेका हुन् ।

उनले गरीबी र समाजमा विद्यमान अन्धविश्वास तथा गलत धारणाका कारण बालिका शिक्षा प्रभावित हुँदै गएको भन्दै बालविवाहले समेत शिक्षामा महिलाको सहभागिता न्यून भएको औंल्याउँदै त्यसविरुद्धको सामाजिक अभियानमा अन्तर्राष्ट्रिय समुदायको सहयोग तथा साझेदारीको अपेक्षा गरे । उनले मधेश प्रदेशलाई पूर्ण साक्षर प्रदेश बनाउन तथा विद्यालय शिक्षाको गुणस्तर बढाउन पर्याप्त तथा दक्ष जननशक्ति आवश्यक रहेको भन्दै त्यसका लागि समेत दात्री निकायले अग्रसरता लिनुपर्ने बताए ।

मुख्यमन्त्री सिंहले स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धि तथा प्रवद्र्धनात्मक एवम् प्रवद्र्धनात्मक कार्यक्रममा दात्री निकायको थप सहयोग आवश्यक रहेको उल्लेख गरे । भेटमा प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारी, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.सोहन साहलगायत सहभागी थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
CM Yadav to seek vote of confidence on November 14
२०८३ कार्तिक २५, बुधबार