कार्तिक २९, २०८३ आइतबार November 15, 2026

पूर्वराजा ज्ञानेन्द्र शाहद्धारा गलेश्वरमा पुजाआजा

माघ २७ गतेदेखि पोखरामा रहेका शाह आज बागलुङ हुदै गलेश्वर पुगे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

गलेश्वर । पूर्वराजा ज्ञानेन्द्र शाहले बुधवार म्याग्दीको बेनी नगरपालिका-९, गलेश्वरमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर शिवालय मन्दिरमा पूजा गर्नुभएको छ ।

पारिवारिक र धार्मिक भ्रमणको सिलसिलामा विभिन्न शक्तीपिठको यात्राको क्रममा बुधबार गलेश्वरधाम मन्दिर भित्र पसेर पूजा-अर्चना गर्नुभएको हो। माघ २७ गतेदेखि पोखरामा रहेका शाह आज बागलुङ हुदै गलेश्वर पुगेका थिए ।

गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधबप्रसाद रेग्मीका अनुसार मन्दिर भित्रै पसेर पुजा गर्ने प्रबन्ध गरिएको बताउनुभयो । सोही अवसरमा राप्रपाका केन्द्रिय सदस्य भीमप्रसाद गौचन, जगतप्रसाद गौचन सहितको टोली र सर्वसाधारणले समेत भेटघाट गरेका थिए । पूर्वराजा शाहको सुरक्षाको पनि कडा व्यवस्था थियो।

गलेश्वर बजार प्रवेशद्धार मा सवारीसाधन रोकेर सर्वसाधारणलाई पैदलयात्रा र मन्दिर क्षेत्रमा स्वागत गरिएको थियो । स्वागतमा हिन्दु धर्मलम्बीहरुका साथै राप्रपा बाहेक कांग्रेस र कम्पयुनिष्टका नेता तथा कार्यकर्ता पनि पुगेका थिए ।

पञ्चेबाजा, भजन समूह र अन्य झाँकीसहित उपस्थित समूहले शाहको जयजयकार गरेका थिए। नागरिक स्वागत मूल समारोह समिति नै गठन गरी पूर्व राजा शाहको स्वागतको प्रबन्ध गरिएको थियो । उक्त समिति सहित सिवसेना नेपाल लेखेको टिसर्ट र ज्याकेट लगाएका र स्वयंसेवक समूहले घेराहालेर उनलाई मन्दिर पु¥याएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित
२०८३ कार्तिक २९, आइतबार
सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार
२०८३ कार्तिक २९, आइतबार
छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठानः उपराष्ट्रपति यादव
२०८३ कार्तिक २९, आइतबार
छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् : गगन थापा
२०८३ कार्तिक २९, आइतबार
ट्राफिक नियम उल्लंघन गर्ने ५५७ सवारी चालक ट्राफिक फन्दामा
२०८३ कार्तिक २९, आइतबार
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
२०८३ कार्तिक २९, आइतबार
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २९, आइतबार