असार २४, २०८२ मंगलबार July 8, 2025

विराट गोल्डकप फुटबल : नेपाल पुलिस क्लब विजयी

तियोगितामा भारतका दुई र नेपालका विभागीय टिमसहित १० वटा टिम सहभागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मोरङ, २३ फागुन : विराटनगरको सहिद रङ्गशालामा ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताअन्तर्गतका बिहीबार भएको दोस्रो क्वाटर फाइनल खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ ।

विराट गोल्डकप ट्रष्टद्वारा आयोजित उक्त प्रतियोगितामा पुलिस क्लबले सशस्त्र प्रहरीको एपिएफ एफसीलाई २–० गोलले पराजित गरेको छ । प्रतियोगिताको मध्यान्तरपछि नेपाल पुसिल क्लबका जर्सी नं २१ का अरूण गाहाले ६६ मिनेट र जर्सी नं ९ का मनिष सेढाईँले ८७ मिनेटमा एक–एक गोल गरी आफ्नो क्लबलाई सेमिफाइनलमा पु¥याउन सफल भएका छन् । खेलको म्यान अफ दी म्याच भएका पुलिस क्लबका मनिष सेढाईँले रू ११ हजार नगद प्राप्त गरेका छन् ।

आजको खेल साविक विजेता मच्छिन्द्र फुटबल क्लब र पूर्वविजेता थ्रीस्टार क्लबबीच साँझ ६ः३० बजे हुने ट्रष्टले जनाइएको छ । प्रतियोगितामा भारतका दुई र नेपालका विभागीय टिमसहित १० वटा टिम सहभागी छन् ।

प्रतियोगितको विजेतालाई नगद रू ११ लाख, उपविजेतालाई रू पाँच लाख, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही रू १५ हजार, दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई रू ११ हजार र सर्वोत्कृष्ट खेलाडीलाई रू ५१ हजार नगद पुरस्कार दिइने प्रबन्ध गरिएको आयोजकले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार