असार २३, २०८२ सोमबार July 7, 2025

भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माण सुरु भएको छ : गृहमन्त्री लेखक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बझाङ, २२ फागुनः गृहमन्त्री रमेश लेखकले भूकम्प प्रभावित क्षेत्रमा निजी आवासको पुनःनिर्माण कार्य सुरु भएको बताउनुभएको छ ।

बझाङमा भूकम्पीय पुनःनिर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाइ कार्यालय उद्घाटनमा गर्दै आज उहाँले भूकम्पले प्रभावित भएका जिल्लामा पुनःनिर्माणका लागि मापदण्ड, नियमावलीसँगै आवश्यक बजेटको व्यवस्था गरी जिल्ला कार्यालयबाटै निर्माण कार्यको थालनी भएको बताउनुभयो । “निजी आवास पुनःनिर्माणको कार्यसँगै सरकारी भवनको पुनःनिर्माणका लागि कार्यान्वयन इकाइले नै समन्वय गर्नेछ”, गृहमन्त्री लेखकले भन्नुभयो ।

उहाँले निजी आवास पुनःनिर्माण कार्यमा स्थानीय तहको महत्वपूर्ण भूमिका रहेको भन्दै स्थानीय तहले जति चाँडै लाभग्राही पहिचान तथा छनोट गरी सिफारीस ग¥यो त्यति चाँडो पुनःनिर्माण कार्य सुरु हुने बताउनुभयो ।

गृहमन्त्री लेखकले भूकम्पलगायत विपद् प्रभावितको पुनःस्थापना सरकारको प्राथमिकतामा रहेको र विकासका सवालमा सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार