मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

खेल क्षेत्रले देशलाई चिनाएको छः मुख्यमन्त्री आचार्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

घोराही (दाङ), २५ फागुनः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पछिल्लो समय खेल क्षेत्रले देशलाई चिनाउन सफल भएको बताउनुभएको छ ।

आजदेखि सुरु भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लमहीमा उद्घाटन कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका आचार्यले देशको आर्थिक क्षेत्रलाई चलायमान गराउनका लागि यसले निकै महत्वपूर्ण भूमिका खेलेको हुँदा खेल क्षेत्रमा लगानी बढाउनका लागि आफू सकारात्मक रहेको बताउनुभयो ।

प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालनका लागि यसपटक लुम्बिनी प्रदेशलाई प्राथमिकता दिएकोप्रति नेपाल क्रिकेट सङ्घलाई उहाँले धन्यवादसमेत व्यक्त गर्नुभयो । प्रदेशमा भएका ठूला क्रिकेट प्रतियोगिताले यहाँको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने उहाँको भनाइ छ ।

कार्यक्रममा नेपाल क्रिकेट सङ्घका केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दले पूर्वाधार विकासमा सरकारको ध्यानाकर्षण गराउनकै लागि काठमाडौँ बाहिर खेलको आयोजना गरेको बताउनुभयो । उहाँले लुम्बिनी प्रदेशका तीन ठाउँमा एकैपटक भएको खेलले भोलिका दिनमा यहाँको क्रिकेट क्षेत्रको अझ प्रवद्र्धन हुने विश्वास व्यक्त गर्नुभयो ।

आजदेखि सुरु भएको प्रतियोगिता लमहीमा रहेको देउखुरी अन्तरराष्ट्रिय क्रिकेट मैदान, सिद्धार्थ रङ्गशाला र तिलोत्तमा एक्स्ट्राटेक ओभल मैदान गरी प्रदेशका तीन ठाउँमा आजदेखि एकैपटक सञ्चालन भएको छ । प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय गरी १० टोलीको सहभागिता रहनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ मंग्सिर ४, शुक्रबार
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार
उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा
२०८३ मंग्सिर ४, शुक्रबार
मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
मौसम पूर्वानुमान : कोशी–मधेशमा बदली, तराई र उपत्यकामा हुस्सु
२०८३ मंग्सिर ४, शुक्रबार