असार २४, २०८२ मंगलबार July 8, 2025

च्याम्पियन्स ट्रफीको उपाधि भारतले जित्यो

न्युजील्याण्डले दिएको २५२ रनको लक्ष्य पछाएको भारतले ४९ ओभरमा ६ विकेट गुमाउँदै पुरा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । भारतले आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । आइतबार राति दुबईमा सम्पन्न फाइनल खेलमा न्यूजील्याण्डलाई ४ विकेटले पराजित गर्दै भारतले च्याम्पियन्स ट्रफीको उपाधि जितेको हो ।

न्युजील्याण्डले दिएको २५२ रनको लक्ष्य पछाएको भारतले ४९ ओभरमा ६ विकेट गुमाउँदै पुरा गरेको थियो ।

भारतको जितमा कप्तान रोहित शर्माले सर्वाधिक ७६ रन बनाएका थिए भने श्रेयस अय्यरले ४८, केएल राहुलले अविजित ३४, शुभमन गिलले ३१, अक्सर पटेलले २९ र हार्दिक पाण्डेयले १८ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले ५० ओभरमा ७ विकेट गुमाउँदै २५१ रन बनाएको थियो । न्यूजील्याण्डका लागि डार्यल मिचेलले सर्वाधिक ६३ रन बनाए भने माइकल ब्रासवेलले अविजित ५३ रन बनाएका थिए । त्यस्तै रचिन रविन्द्रले ३७, ग्लेन फिलिपले ३४, विल योंगले १५, टम लाथमले १४ रन बनाएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार