असार २५, २०८२ बुधबार July 9, 2025

बुद्ध एयरको सिमरा परीक्षण उडान, भदौ १ गतेबाट न्यूनतम भाडामा उडान तयार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा बुद्ध एयरले सिमरा विमानस्थलमा एटीआर–७२, ५०० सिरिजको जहाजले परीक्षण उडान गरेको छ।

काठमाडौंबाट १७ जना हवाई प्राविधिकसहितको टोली लिएर बुधबार २१ गते बुद्ध एयरको उक्त जहाजले दक्षिण र उत्तर गरि दुवैतर्फबाट उडान तथा अवतरण गरेको छ।

जहाजको परीक्षण उडान नागरिक उड्डयन प्राधिकरणले निर्धारण गरेको सबै सुरक्षा मापदण्ड पालना गरेको छ। यसअघि बुद्काध एटीआर ४२–३२० सिरिज र बीच १९०० ‘डी’ जहाजले मात्र सिमरा उडान भरिरहेको थियो ।

चैत ११ गतेअघि दैनिक ७–९ वटा सेड्युलबाट नियमित उडान गर्दै आएको बुध्द भदौ १ गतेदेखि हुने उडानका लागि ७२ सिटे एटीआर ७२ ले उडान भर्ने योजना बनाएको छ ।

नेपालकै सबैभन्दा पूरानो सिमरा विमानस्थलको लम्बाई ११९० मिटर रहेको छ । औद्योगिक करिडोर र भारतीय पर्यटकका लागि काठमाडौं छोटो दूरीको उडानका कारणसमेत सिमरा विमानस्थल सधैं भिडभाड हुने गर्दछ ।

बुद्ध एयरसँग ८ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा बीच १९०० ‘डी’ जहाज रहेको छ । भदौ १ बाट हुने उडानका लागि बुद्ध एयरले संक्रमणरहित उडानका लागि सम्पूर्ण तयारी गरिसकेको छ । यात्रुको दोहरो तापक्रम चेकजाँच, ह्याण्ड सेनिटाइज, फेस मास्क र फेशशिल्डको अनिवार्य प्रयोग लागू गरेको छ । यस्तै प्रत्येक उडानपछि जहाज, लगेज ट्रलीको संक्रमणरहित सरसफाई गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।

अग्रिम टिकटसमेत खुलाइसकेको बुद्ध एयरको वेवसाईट र मोबाईल एपबाट टिकट खरिद गर्दा आकर्षक डिस्काउण्ट पनि पाइने एयरले जनाएको छ।

बुद्ध एयरले कोभिड–१९ विरूद्ध सुरक्षा निर्देशिका बनाई पूर्व अभ्यास गरिरहेको छ। हरेक उडान अगाडि जहाज, ब्यागेज ट्रली, कार्यस्थलको संक्रमणरहित सरसफाई, कर्मचारीहरुलाई सुरक्षा तालिम, तथा पिपिई प्रदान गरिसकेको छ।

संक्रमणरहित हवाई यात्राका लागि प्रतिवद्ध रहेको भन्दै एयरले यसका लागि हरेक यात्रुको कोभिडसँग मिल्दोजुल्दो लक्षण पहिचान, दोहरो तापक्रम चेकजाँच, ह्याण्ड सेनिटाइज तथा फेशशिल्डको प्रयोग अनिवार्य बनाएको छ।

यसैबीच नयाँ भाडादरसमेत सार्वजनिक गरेको छ।

विराटनगर- ३,०००
भैरहवा-२७००
नेपालगञ्ज-४२००
पोखरा-१९००
भद्रपुर-३४००
जनकपुर-२७००
धनगढी-५४००

हवाई यात्रामा हरेक यात्रुलाई पहिचान गर्न एकद्वार प्रणाली अपनाएको बुद्ध एयरले  कम्प्युटर सिस्टम पनि अपडेट गरेको बताएको छ।

यसले महामारी रोकथामको लागि गर्नुपर्ने परीक्षण, पहिचान र कन्ट्याक्ट ट्रेसिङ कम्प्यूटर सिष्टमबाट केही क्षणमै राज्यलाई उपलब्ध गराउने भन्दै एयरले यसबाट राज्यलाई महामारी समुदायमा फैलिनबाट रोक्न मद्दत पुग्नेछ र देशको अर्थतन्त्र पनि चलायमान हुने दाबी गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार