कार्तिक २५, २०८३ बुधबार November 11, 2026

सरकारद्धारा आन्दोलनरत मुक्कुम्लुङ पक्षलाई वार्ताको लागी आव्हान

केबलकार निर्माणविरुद्ध आन्दोलित समूहलाई सरकारले पुनः वार्तामा बोलायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणविरुद्ध आन्दोलित समूहलाई सरकारले पुनः वार्तामा बोलाएको छ ।

गृह मन्त्रालयका सहसचिव एवं वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईले आज आन्दोलनरत पक्षलाई पत्र लेख्दै वार्तामा आउन आग्रह गरेका हुन् ।

मुक्कुम्लुङ ताङ्सेःप चुम्भो र मुक्कुम्लुङ अन्तरदलीय संघर्ष समितिलाई सम्बोधन गर्दै लेखिएको पत्रमा भनिएको छ, ‘आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका स्थानीय मागहरुका सम्बन्धमा स्थानीय सरोकारवालासँग वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्ने विषयमा वार्ताका लागि ताप्लेजुङ जिल्लाका स्थानीय प्रतिनिधिहरुलाई आमन्त्रण गर्दछु ।’

यसअघि पनि आन्दोलनरत पक्ष र सरकारबीच पटकपटक वार्ता भएपनि समस्या समाधान हुन नसकेको छैन । पाथीभरा क्षेत्रमा केबलकार निर्माण हुन नदिने उनीहरुको अडान रहँदै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
CM Yadav to seek vote of confidence on November 14
२०८३ कार्तिक २५, बुधबार