कार्तिक २९, २०८३ आइतबार November 15, 2026

लोपोन्मुख संस्कृती जोगाउन कालीगण्डकमा बृहत सांस्कृतिक महोत्सव

मगर समुदायमा विहे गर्दा भान्जी माग्न जाने प्रचलनलाई यो नृत्यमा देखाइएको छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः  पछिल्लो समय युवा पुस्तामा पश्चिमेली कला संस्कृतीको आकर्षण बढ्न थालेपछि हाम्रो मौलीक लोक संस्कृती लोपोन्मुख अवस्थामा पुगेको छ । लोपोन्मुख कला संस्कृतीको संरक्षण तथा पुस्तान्तरण गर्ने उदेश्यले स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले बृहत सांस्कृतिक महोत्सवको आयोजना गरेको छ ।

कालीगण्डकी प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको महोत्सवमा २६ समुहले लोपोन्मुख तथा पालिकाभित्र प्रयोगमा आएको कला संस्कृती प्रदर्शन गरेका थिए ।

नेपालमै लोपोन्मुख अवस्थामा रहेको यो नृत्य कालीगण्डकी गाउँपालिका २ को लसर्धा बेशीका मगर समुदायले संरक्षण गरिरहेका छन् ।

मगर समुदायमा विहे गर्दा भान्जी माग्न जाने प्रचलनलाई यो नृत्यमा देखाइएको छ । जीउमामा मात्रै होईन कालीगण्डकी भित्र संरक्षित रहेको लोपोन्मुख माओल भजन ,सराय नाच ,मारुनी र बालन नाच जस्ता कला संस्कृती संरक्षण गर्न कालीगण्डकी गाउँपालिकाले प्रथम साँस्कृतिक महोत्सव गरेको छ ।

कालीगण्डकी प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको महोत्सवमा २६ समुहले लोपोन्मुख तथा पालिकाभित्र प्रयोगमा आएको कला संस्कृती प्रदर्शन गरेका छन् ।

ब्रामहण , मगर तथा दलित समुदाय एउटै स्थलबाट सांस्कृतिक प्रदर्शन गर्दा विभिन्न जातजाति एकताको सुत्रमा बाँधिने , धार्मिक सहिसुणता कायम हुने र लोपोन्मुख संस्कृतिको संरक्षण हुने विश्वास लिइएको छ ।

पश्चिमेली संस्कृतिको आकर्षण बढीरहेको बेला यस्ता कार्यक्रमले युवा पुस्तामा पुस्तान्तरण हुने र लेख अनुसन्धानले लोपोन्मुख कला संस्कृतिको संरक्षण हुने सरोकारवालको बुझाई छ ।

लोपोन्मुख जातीय तथा स्थानीय संस्कृतिलाई संरक्षण गर्न सके कला संस्कृतिमात्र संरक्षित हुने छैन सामुदायिक पर्यटनको विकासमा पनि टेवा पुग्ने जानकारहरुको बुझाई छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित
२०८३ कार्तिक २९, आइतबार
सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार
२०८३ कार्तिक २९, आइतबार
छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठानः उपराष्ट्रपति यादव
२०८३ कार्तिक २९, आइतबार
छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् : गगन थापा
२०८३ कार्तिक २९, आइतबार
ट्राफिक नियम उल्लंघन गर्ने ५५७ सवारी चालक ट्राफिक फन्दामा
२०८३ कार्तिक २९, आइतबार
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
२०८३ कार्तिक २९, आइतबार
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २९, आइतबार