मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

मिल्स गोल्डकप : पेमा स्पोर्टिङ क्लब सेमिफाइनलमा

आज हुने खेल भारत विहारको वाइएससी खाखा झील कटिहार र टिएफसी तालतलैया इटहरी सुनसरीबीच हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मोरङ, ५ चैतः मिल्स गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा पेमा स्पोर्टिङ क्लब विराटनगर विजयी भएको छ । योसँगै पेमा क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।

मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुटमिल खेल मैदानमा जारी पाँचौँ संस्करणको फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा पेमा क्लबले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर रानीलाई २–० गोलले पराजित गरेको हो ।

पेमा क्लबका हरि खवासले ४९औँ मिनेटमा र अनिल परियारले ६८औँ मिनेटमा एक÷एक गोल गरी आफ्नो टोलीलाई सेमिफाइनलमा पु¥याउन सफल भएका छन् । प्रतियोगिताको प्लयेर अफ म्याच पेमा क्लबका अनिल परियार घोषित भएका ट्रष्टका अध्यक्ष विष्णु डुङ्गोलले जनाएका छन् ।

प्रतियोगितामा प्रोग्रेसिल युवा क्लब फत्तेपुर, सप्तरी मधेस प्रदेश, फ््युजन फुटबल क्लब गाईघाट उदयपुर, वाइएससी खाखा झील कटिहार विहार भारत, टिएफसी तालतलैया इटहरी सुनसरी, पेमा स्पोटिङ क्लब विराटनगर, कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगर, लालीगुराँस स्पोटिङ क्लब रानी मिल्स विराटनगर र लेटाङ फुटबल क्लब, मोरङ सहभागी छन् ।

प्रतियोगिता यही चैत १० गतेसम्म सञ्चालन हुनेछ । विजेताले रु एक लाख एक हजार, उपविजेताले रु ५१ हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । आज हुने खेल भारत विहारको वाइएससी खाखा झील कटिहार र टिएफसी तालतलैया इटहरी सुनसरीबीच हुनेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ मंग्सिर ४, शुक्रबार
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार
उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा
२०८३ मंग्सिर ४, शुक्रबार
मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
मौसम पूर्वानुमान : कोशी–मधेशमा बदली, तराई र उपत्यकामा हुस्सु
२०८३ मंग्सिर ४, शुक्रबार