मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

प्रधानमन्त्री कप क्रिकेट: सुदूरपश्चिम प्रदेश ५ विकेटले विजयी

६ खेल नै खेलेको सुदूर २ मा जीत र ४ मा हार गरि ४ अङ्कका साथ अङ्कतालिकाको सातौँ स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । रुपन्देहीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ५ विकेटले पराजित गरेको छ ।

बुधबार रूपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा भएको खेलमा सुदूरपश्चिमले लुम्बिनीले दिएको ११७ रनको लक्ष्य ३१.१ ओभरमा भेट्टाएको हो ।

सुदूरपश्चिमका लागि किरण ठगुन्ना र नारायण जोशीको उत्कृष्ट साझेदारीले सुदूरपश्चिमको जीत सुनिश्चित गरेको हो । सुदूरपश्चिमका लागि किरणले ४३ बल खेल्दै ४ चौका र २ छक्काको सहयोगमा अविजित ४३ रन बनाए । यसै गरि नारायण जोशीले अविजित २५ रन र प्रकाश पाण्डेले २२ रन बनाए ।  बलिङमा लुम्बिनीका रमेश कुर्मीले २ विकेट लिए भने निर्मल गुरुङ, अजय चौहान र विप्रसन केसीले समान १/१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले ४४.१ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै ११६ रनमा समेटिएको थियो । लुम्बिनीका लागि कप्तान देव खनालले ७१ बल खेलेर ४ चौकाको सहयोगमा ४१ रन र प्रज्वल थापाले ५७ बलमा ३ चौकाका सहयोगमा ३० रन बनाउँदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोर अङ्क समेत जोड्न सकेनन् । लुम्बिनीका २ जना ब्याट्सम्यान शून्य रनमा आउट भएका थिए भने बिप्रसन केसीले १ रन, मृनाल गुरुङले २ रन, कृष्ण कार्कीले ४ रन बनाए ।

बलिङमा सुदूर पश्चिमका हेमन्त धामीले ९ ओभरमा १ मेडेन सहित २६ रन खर्चिएर लुम्बिनीको ४ विकेट लिए । यस्तै शेर मल्ल, सौर्य श्रेष्ठ र मिलन बोहराले समान २र२ विकेट लिए ।

जारी प्रतियोगितामा ६ खेल खेलेको लुम्बिनी ४ मा जित र २ मा हार गरि ८ अङ्कका साथ तेस्रो स्थानमै कायम छ भने ६ खेल नै खेलेको सुदूर २ मा जीत र ४ मा हार गरि ४ अङ्कका साथ अङ्कतालिकाको सातौँ स्थानमा उक्लेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ मंग्सिर ४, शुक्रबार
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार
उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा
२०८३ मंग्सिर ४, शुक्रबार
मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
मौसम पूर्वानुमान : कोशी–मधेशमा बदली, तराई र उपत्यकामा हुस्सु
२०८३ मंग्सिर ४, शुक्रबार