कार्तिक २५, २०८३ बुधबार November 11, 2026

प्रधानमन्त्री ओली बिमस्टेक सम्मेलनमा भाग लिन चैत १९ गते थाइल्यान्ड जाने

बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी भएर चैत २३ गते स्वदेश फर्कनु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिमस्टेक शिखर सम्मेलनमा भाग लिन थाइल्यान्डका प्रधानमन्त्री पाइटोनग्रान शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणमा आउँदो चैत १९ गते थाइल्यान्डको भ्रमण गर्नुहुने भएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले थाइल्यान्डको औपचारिक भ्रमणका साथै बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी भएर चैत २३ गते स्वदेश फर्कनु हुनेछ । भ्रमणका लागि परराष्ट्र मन्त्रालयले तयारी सुरु गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको आठ महिना बितिसक्दा समेत भारतको औपचारिक भ्रमण नभइरहेको अवस्थामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग बैंककमा हुने भेटवार्तालाई महत्वका साथ हेरिएको छ । यद्यपी, स्रोतहरुले दुबै नेताबीच विशेष भेटवार्ता (वान–अन–वान) हुने वा नहुने भन्ने बारेमा टुंगो लागिनसकेको बताएका छन् ।

सार्कको विकल्पका रुपमा भारतले महत्व दिइरहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को शिखर सम्मेलन भने नियमित अन्तरालमा भइरहेको छ ।

बिमस्टेकमा नेपाल सहित भारत, भुटान, बंगलादेश, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन् । बंगलादेशको ढाकामा मुख्यालय रहेको बिमस्टेकको सदस्यका रुपमा नेपाल र भुटान सन् २००४ मा प्रवेश गरेका थिए ।

बिमस्टेकले व्यापार, लगानी, पर्यटन, ऊर्जा समेतका विभिन्न १४ वटा क्षेत्रमा आपसी साझेदारी र सहयोग गर्ने लक्ष्य राखेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
CM Yadav to seek vote of confidence on November 14
२०८३ कार्तिक २५, बुधबार