असार २३, २०८२ सोमबार July 7, 2025

क्वाटरफाइनलबाटै बाहिरिएको टिमले उपाधि जित्यो

जिल्ला फुटबल संघलाई गुहार्दा नसकेपछि फुटबलको सर्वोच्च निकाय एन्फासम्म विवाद छरपस्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पोखरामा जारी चौथो शितलज्योति कपको उपाधि क्वाटरफाइनलबाटै बाहिरिएको टोली लालिगुराँस एसोसिएसनले (एलजी) जितेको छ ।

क्वाटरफाइनलमा नव आदर्श सामुदायिक विकास समाजसंग टाइब्रेकरमा हारेर बाहिरिएको टोलिले खेलमा प्रोटेस्ट हालेर सेमीफाइनल खेल्दै फाइनलमा प्रवेश गरी सहारा क्लब पोखरालाई हराउँदै उपाधि चुमेको हो ।

एलजीले फाइनलमा सहारा क्लबलाई ४–१ गोल अन्तरले हराएको हो । एलजीलाई जित दिलाउने क्रममा आशिष गुरुङले ह्याट्रिक गरे । उनी फाइनल खेलमा म्यान अफ दी म्याच घोषित भए । उनले खेलको ३८ औं ,५०औं र ५६ औ मिनेटमा गोल गरे ।

पहिलो हाफको २८ औं मिनेटमा वर्षाका कारण केही समय खेल रोकिएपछि पुनःसंचालन आएको ७ औं मिनेटमा साहाराका सुमन श्रेष्ठले गोल गर्दे टीमलाई अग्रता दिलाए पनि टिकाउन नसक्दा फराकिलो गोल अन्तरको हार व्यहोरेको हो । तर, प्रतियोगिताको सेमीफाइनल खेलमा निकै विवाद भएको थियो ।

एलजी नव आदर्शसंग टाइब्रेकरमा ४–३ को हार व्यहोरेको थियो । क्वाटरफाइनलमा निर्धारित समयको खेल १–१ गोलको बराबरीमा रोकिएको थियो । खेल सकिएको सिठठ्ी बजेपछि रेफ्रीले नव आदर्शका खेलाडीलाई परिवर्तन गराएका थिए ।

फिफा नियम अनुसार सामान्यता निर्धारित समयको खेल सकिएपछि ३० मिनेट समय थप गरिने गर्दछ । सो अनुसार खेलाडी मैदान प्रवेश गर्न पाउछन् । तर, शितल ज्योती कममा भने ३० मिनेट थप नगराइ सोझै पेनाल्टि सुटआउट खेलाइएको थियो थियो । खेल जितेर ७ गते सेमिफाइनल खेल्न आउँदा नव आदर्शलाई आयोजकले पुनः खेल खेल्न भनेपछि टिमले नखेल्ने निर्णय गरेको थियो । त्यसपछि विवाद बढेपछि आयोजकले कास्की जिल्ला फुटबल संघलाई गुहार्दा नसकेपछि फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) सम्म पुगेको स्रोतले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया