श्रावण २, २०८२ शुक्रबार July 18, 2025

कोरोना भाइरसको जोखिमका कारण पाटनको कृष्णमन्दिर नखुल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डाैंः दिनदिनै उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएका कारण यस वर्ष श्रीकृष्ण जन्माष्टमीका दिन पाटनको कृष्णमन्दिर नखुल्ने भएको छ । मन्दिर दर्शनका लागि खोल्दा भक्तजनहरुको बाक्लो उपस्थिति भई संक्रमण सर्ने खतरा भएकाले मनिदर नखोल्ने भएको पाटनस्थित मंगल टोल सुधार समितिले जनाएको छ ।

समितिसँगै ललितपुर महानगरपालिकाले पनि संक्रमणको जोखीम रहेको भन्दै पाटन दरबार स्क्वायर क्षेत्रमा रहेको ढुंगैढुंगाले बनेको कलात्मक कृष्ण मन्दिर नखोल्ने बताएको हो ।

ललितपुर महानगरपालिका र मंगल टोल सुधार समितिले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै मन्दिर बन्द रहने जानकारी दिएका हुन् । हरेक वर्ष भव्य रुपमा मनाइने श्रीकृष्ण जन्माष्टमी यो वर्ष मंगलबार परेको छ । ‘श्रीकृष्ण जन्माष्टमीको पावन दिनमा सम्पूर्ण भक्तजनहरुलाई आफ्नै घरमा भगवान् श्रीकृष्णको पूजा अर्चना गरी परम्परालाई निरन्तरता दिन हुन अनुरोध गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

सिद्धिनरसिंह मल्लका पालामा बनेको सो मन्दिर ०७२ सालको भूकम्पमा परी आंशिक क्षति भएको थियो । मन्दिरमा क्षती पुग्दा ०७३ र ०७४ को कृष्णजन्माष्टमीमा मन्दिर घुम्न र बाहीरैबाट परिक्रमा गर्ने मात्र ब्यवस्था मिलाइएको थियो । २ वर्ष अघिदेखी मात्र मन्दिर भित्र दर्शन गर्ने ब्यवस्था मिलाइएको थियो । तर फेरी यसपाली कोरोना भाइरसले गर्दा मन्दिरमा मूल पूजा बाहेक सर्बसाधारणले भित्र प्रवेश गर्न पाउदैनन् ।

महादेव मन्दिर बनाउन राखिएको जग्गामा सपनामा कृष्णले मन्दिर बनाउन भनेपछि राजा सिद्धिनरसिंह मल्लले खन्न लगाउँदा जमिनमुनि कृष्णको मन्दिर फेला परेको किम्बदन्ति छ । त्यसपछि तल कृष्ण र माथि शिवको मन्दिर स्थापना गरिएको अघिल्ला पुजारी विष्णुधर राजोपाध्यायले बताए ।

विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा रहेका स्मारकमध्ये कृष्ण मन्दिरलाई महत्वपूर्ण मानिन्छ । तीन तले शिखर शैलीको उत्कृष्ट नमूनाका रूपमा मानिएको मन्दिरमा २१ गजुर रहेका छन् । १७औँ शताब्दीमा पाटनका राजा सिद्धिनरसिंह मल्लले यो मन्दिरको निर्माण गर्न लगाएर कृष्ण लीलामा आधारित कात्तिक नाच चलाएका थिए । ३ मध्ये मध्य तलामा कृष्णको मूर्ति रहेको छ । मूर्तिको वरिपरि भगवान बिष्णुका १० अवतार छन् । मन्दिरका वरिपरिका थामहरुमा विभिन्न देवी–देवताको मूर्ति पनि कुँदिएको छ ।

पाटन र चापागाउँमा कृष्ण यात्रा नहुने

ललितपुरको पाटनमा बुधबार हुने कृष्ण यात्रा पनि कोरोना सक्रमितको संख्या बढ्दै र्गएको भन्दै स्थगित गरिएको छ । कृष्ण जन्माष्टमीका भोलीपल्ट कृषण यात्रा गरिने चलन छ । यसपाली भने यात्रा नहुने मंगल टोल सुधार समितिका अध्यक्ष किरण मान प्रधानले जानकारी दिए ।

गोदारी नगरपालिका वडा नम्बर ११ मा रहेको कृष्ण मनिदरमा सामाजिक दुरी कायम गरेर मंगलबार दर्शनको ब्यवस्था मिलाइएको श्रीकृष्ण जन्माष्टमी जात्रा मूल समारोह समितीका सचिव उमेश कायस्थले जानकारी दिए । तर कृष्ण अष्टमीको भोलीपल्ट बुधबार गर्ने भनिएको कृष्ण यात्रा भने स्थगित गरिएको उनले बताए ।

अघिल्ला वर्षहरुमा भगवान कृष्णलाई मन्दिरबाट निकालेर खटमा राखी चापागाउँबाट झ्यालीपाटी, बज्रबाराही हुँदै बुलु, प्याङगाउँसम्म घुमाई फेरी चापागाउँकै मन्दिरमा लगेर राख्ने चलन छ । राती भगवान कृष्ण जन्मेको मानेपछि यात्रा गर्ने चलन रही आएको छ । यस्तै बिहीबार हुने भनिएको भिमसेन जात्रा पनि नहुने भएको छ । भीमसेनको मन्दिरमा सामाजिक दुरी कायम गरी दर्शन गर्ने व्यवस्था भने मिलाइएको छ । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार