कार्तिक २५, २०८३ बुधबार November 11, 2026

प्रमुख तीन दलको शीर्ष नेताबीच सर्च कमिटी गठन गर्ने सहमति

संक्रमणकालीन न्याय टुंग्याउन सर्च कमिटी गठन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, चैत ११ गते । प्रमुख तीन दलका शीर्ष नेताबिच सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यहरु नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने विषयमा सहमति भएको छ ।

प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आव्हान गर्नुभएबमोजिम सोमबार दिउँसो सिंहदरबारमा शीर्ष नेता र विज्ञबिच बसेको बैठकले सो निर्णय गरेको जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका नेता शक्ति बस्नेतलगायत नेता सहभागी हुनुहुन्थ्यो ।

प्रधानमन्त्रीका विज्ञ सल्लाहकार खरेलले भन्नुभयो, “आज सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आव्हान गर्नुभए बमोजिम नै दलका शीर्ष नेताहरुको बैठक सम्पन्न भयो । शान्ति प्रक्रियाको बाँकी काम अर्थात् सत्य निरुपण तथा बेपत्तासँग सम्बन्धित आयोग गठन गर्ने विषयसँग गाँसिएको थियो । केही समय अगाडि दुइवटै आयोगहरु गठन गर्नका निम्ति बनेको सर्च कमिटी सिफारिस समितिले एउटा प्रतिवेदन पनि दिएको थियो । त्यो प्रतिवेदन पनि यहाँ राखियो ।”

उहाँले यस सम्बन्धमा दलहरुबिच सहमति निर्माण गरेर अगाडि जाने विगतको परम्परा जस्तै यस पटक पनि तीन दलका शीर्ष नेताबिच  छलफल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “त्यसमा एउटा निष्कर्षमा आज हामी पुगेका छौं । बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन ७१ को दफा ३ को उपदफा ३ बमोजिम दुवै आयोगको अध्यक्ष तथा सदस्यहरुको नियुक्तिको लागि सिफारिस समिति गठन प्रक्रिया अगाडि बढाउन सम्माननीय प्रधानमन्त्रीजीले दुई दलका नेताहरुसँग परामर्श गर्नुभयो ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
CM Yadav to seek vote of confidence on November 14
२०८३ कार्तिक २५, बुधबार