असार २३, २०८२ सोमबार July 7, 2025

एएफसी महिला कपमा नेपाल समुह ‘एफ’ मा

प्रत्येक समूहका विजेताले एसिया कपमा स्थान बनाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १४ चैत । एएफसी महिला एसियन कप २०२६ छनोटको समूह अन्तर्गत नेपाल  ‘एफ’ मा परेको छ ।

एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार समूह ‘एफ’ मा नेपालसँगै उज्वेकिस्तान, लाओस र श्रीलंकासमेत परेका छन् ।

यो समूहका सबै खेल उज्वेकिस्तानमा हुनेछ । छनोटका खेलहरू जुन २३ देखि जुलाई ५ सम्म हुने जनाइएको छ ।

छनोट चरणमा ३४ टोली प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीलाई ८ समूहमा विभाजन गर्दा नेपाल समुह एफमा परेको हो । दुई समूहमा पाँच र ६ समूहमा चार टोली छन् । प्रत्येक समूहका विजेताले एसिया कपमा स्थान बनाउने छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया