असार २३, २०८२ सोमबार July 7, 2025

सहिद भीमनारायण गोल्डकप सुरु

प्रतियोगिताको विजेताले उपाधिसहित पाँच लाख रुपियाँ र उपविजेताले दुई लाख ५० हजार रुपियाँ पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, १७ चैत । सहिद भीमनारायण गोल्डकपको १७औँ संस्करण आइतबारबाट धनकुटामा सुरु भएको छ ।

धनकुटास्थित तल्लो टुँडिखेलमा भएको उद्घाटन खेलमा आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानलाई ३-१ गोलले हराउँदै सप्तरीको नमोबुद्ध युथ क्लब दोस्रो चरणमा प्रवेश गरेको छ ।

सप्तरीले पहिलो हाफमै तीन गोल गरेको थियो । सप्तरीको तर्फबाट निर्मल घिसिङ, मिक्सम दास र मोहित गुरुङले गोल गर्नुभयो । आयोजकको तर्फबाट दोस्रो हाफमा दिपेन शाक्यले गोल गर्नुभयो ।

blogप्रतियोगिता चैत्र २३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित पाँच लाख रुपियाँ र उपविजेताले दुई लाख ५० हजार रुपियाँ प्राप्त गर्ने छ । प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया