कार्तिक २९, २०८३ आइतबार November 15, 2026

चैतेदसैँमा वीरगञ्जमा डोली यात्रा गरिने

‘गहवामाई मन्दिरमा भाकल तथा पूजापाठ गरेमा आफ्नो मनोकाङ्क्षा प्राप्त हुने जनविश्वास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वीरगञ्ज । वीरगञ्जको चर्चित गहवामाई मन्दिरले चैतेदसैँका अवसरमा गहवामाईको निसानसहितको डोली यात्रा गर्ने भएको छ । माईस्थान सञ्चालन समितिले यही चैत २३ गते चैतेदसैँका अवसरमा माईको निसानसहितको डोली यात्रा गर्न लागेको हो ।

समितिका अध्यक्ष नरेन्द्र साहले डोली यात्रामा हजारौँ दशनार्थीको उपस्थितिमा गहवामाईको निसानसहितको डोली यात्रा गर्न लागिएको जानकारी दिए । ‘गहवामाई मन्दिर वीरगञ्जको मात्र नभई समग्र मधेस प्रदेशसँगै छिमेकी मुलुक भारतको विहार राज्यका दशनार्थीको आस्थाको धरोहर रहँदै आएको छ,’ उनले भने, ‘गहवामाई मन्दिरमा भाकल तथा पूजापाठ गरेमा आफ्नो मनोकाङ्क्षा प्राप्त हुने जनविश्वास छ ।’

डोली यात्रा गहवामाई मन्दिर प्राङ्गणबाट सुरु भई वीरगञ्जको रोड नं २ हुँदै विर्तामाई मन्दिर, अलखिया मठ, महावीर मन्दिर, घण्टाघर हुँदै गहवामाई मन्दिर प्राङ्गणमा हुनेछ । मन्दिरका मूल पुरोहित राधेश्यामप्रसाद उपाध्यायले मन्दिरको स्थापना समय यकिन नभए पनि सयौँ वर्ष पुरानो र ऐतिहासिक मन्दिर भएको बताए ।

आकर्षक शैलीमा मार्बल प्रयोग गरी निर्माण गरिएको सो मन्दिर दुई तलाको छ । मन्दिरको गर्भगृहमा ऐतिहासिक गहवामाईको मूर्ति र सातवटा देवीको पिण्ड राखिएको छ । मन्दिरको माथिल्लो तलामा चाँदीमा कुँदेर नागको सातवटा देवीको पिण्ड राखिएको छ ।

दसैँको नवरात्रि र चैतेदसैँमा यो मन्दिरमा विशेष मेला लाग्छ । गहवामाईको नगर परिक्रममा गराएमा नगरवासीलाई सुखशान्ति र समृद्धि प्राप्त हुने जनविश्वास छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित
२०८३ कार्तिक २९, आइतबार
सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार
२०८३ कार्तिक २९, आइतबार
छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठानः उपराष्ट्रपति यादव
२०८३ कार्तिक २९, आइतबार
छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् : गगन थापा
२०८३ कार्तिक २९, आइतबार
ट्राफिक नियम उल्लंघन गर्ने ५५७ सवारी चालक ट्राफिक फन्दामा
२०८३ कार्तिक २९, आइतबार
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
२०८३ कार्तिक २९, आइतबार
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २९, आइतबार