असार २३, २०८२ सोमबार July 7, 2025

मिल्स कप टी–२० क्रिकेटको चौथो संस्करण चैत २३ गतेदेखि

प्रतियोगिताको उद्घाटन खेलमा प्रशान्त क्रिकेट क्लब र होराइजन क्रिकेट क्लबले प्रतिस्पर्धा गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । मिल्स कप इण्डो नेपाल टी–२० क्रिकेट प्रतियोगिताको चौथो संस्करण आगामी चैत २३ गतेदेखि ३० गतेसम्म हुने भएको छ ।

विराटनगर जुट मिलको खेल मैदानमा हुने प्रतियोगितामा नेपाल र भारतका समान ६ टोलीले सहभागिता जनाउने आयोजकले जानकारी दियो ।

प्रतियोगितामा भारतको दिल्ली युथ क्लब, हाइपर प्रफर्मेन्स क्रिकेट एकेडेमी पटना, प्रशान्त क्रिकेट क्लब जोगवनी, डिजायर क्रिकेट क्लब पूर्णिया, बिहार क्रिकेट क्लब र मुन क्रिकेट एकेडेमी फार बिजगन्ज तथा नेपालका होराइजन क्रिकेट क्लब विराटनगर, सिरहा क्रिकेट क्लब, झापा जिल्ला क्रिकेट क्लब, आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकेडेमी, सिद्धार्थ स्पोर्टिङ क्लब, नेपाल र साविक विजेता वाइआरसिसी विराटनगरले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा प्रशान्त क्रिकेट क्लब र होराइजन क्रिकेट क्लबले प्रतिस्पर्धा गर्नेछन् । यस पटक पुरस्कार रकममा वृद्धि भएको छ । प्रतियोगितामा विजेता टिमले २ लाख १ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यसैगरी उपविजेताले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया