मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

टी–२० सिरिजका लागि क्रिकेट टोलीको भैरहवामा बन्द प्रशिक्षण सुरु

राष्ट्रिय क्रिकेट टिमलाई नेपाली टिमका प्रशिक्षक ज्ञानेन्द्र मल्लले प्रशिक्षण दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं, २१ चैत । आगामी हप्तादेखि हङकङमा हुने चार देशीय टी-२० सिरिजका लागि रुपन्देही जिल्लाको भैरहवामा नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा बुधबारदेखि बन्द प्रशिक्षण सुरु भएको हो । रोहितकुमार पौडेलको कप्तानीमा रहेको राष्ट्रिय क्रिकेट टिमलाई नेपाली टिमका प्रशिक्षक ज्ञानेन्द्र मल्लले प्रशिक्षण दिनुहुने छ । भैरहवामा पहिलो पटक राष्ट्रिय टिमको प्रशिक्षण भएको हो ।

बन्द प्रशिक्षणमा आएका खेलाडीहरूलाई रुपन्देही क्रिकेट सङ्घले बुधबार बिहान स्वागतसहित आगामी सिरिजका लागि सफलताको शुभकामना व्यक्त गरेको छ । संघका अध्यक्ष हरिबहादुर थापाले खानपिन र अनुशासनमा रहेर खेले अहिलेको राष्ट्रिय टिमका सदस्यहरुले अझै १० वर्ष खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले नेपालको क्रिकेटले पछिल्लो समय गरेको प्रगति गर्व गर्न लायक रहेको बताउनुभयो । उहाँले राष्ट्रभक्ति र राष्ट्रियतालाई आत्मसाथ गरेर क्रिकेट खेल्न आग्रह गर्नुभयो । उहाँले हङकङको सिरिज जितेर आउन शुभकामना दिनुभयो ।

प्रशिक्षक ज्ञानेन्द्र मल्लले हङकङमा हुने सिरिज यसपटक नेपाल ल्याउने लक्ष्य रहेको बताउनुभयो । उहाँले टिम एकजुट भएर सबै नेपाललाई एकै ठाउँमा बाँधी खुशी तुल्याउने गरी खेलाडीहरूले खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलले टिमले एकजुट भएर राम्रो प्रदर्शन गरी सिरिज जित्ने लक्ष्य राखेको बताउनुभयो । उहाँले भर्खरै प्रधानमन्त्री कप सम्पन्न भएकाले त्यसबाट धेरै खेलाडीहरूको अभ्यास समेत भएकाले जति सक्दो राम्रो गर्ने आफूहरूको लक्ष्य रहेको बताउनुभयो ।

नेपाल क्रिकेट संघ (क्यान) छनोटमा परेका २० जना खेलाडीहरू बन्द प्रशिक्षणमा सहभागी छन् । हङकङमा हुने चार देशीय सिरिजपछि नेपाली टिम आगामी जुनमा स्कटल्यान्डमा घरेलु टोली र नेदरल्याण्ड्ससँग लिग टु को चौथो सिरिज खेल्नेछ ।

बन्द प्रशिक्षणमा रहेका खेलाडीहरूमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, आशिफ शेख, किरणकुमार ठगुन्ना, लोकेश बम, बसिर अहम्मद, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सोमपाल कामी, करण केसी, कमलसिंह ऐरी, नन्दन यादव, रिजन ढकाल, गुलशनकुमार झा, अर्जुन घर्ती, कुशल मल्ल, रुपेश सिंह, दीपेन्द्र रावत, शाहब आलम र विवेक यादव छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ मंग्सिर ४, शुक्रबार
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार
उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा
२०८३ मंग्सिर ४, शुक्रबार
मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
मौसम पूर्वानुमान : कोशी–मधेशमा बदली, तराई र उपत्यकामा हुस्सु
२०८३ मंग्सिर ४, शुक्रबार