कार्तिक २९, २०८३ आइतबार November 15, 2026

तपोभूमिलाई विश्वमा चिनाउन पाणिनि सम्मेलन

यही चैत २७ र २८ गते हुने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाट्न गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

अर्घाखाँची, २२ चैतः विश्वको प्राचीन संस्कृत भाषा व्याकरणको उत्पत्ति भएको पुण्य तपोभूमिलाई विश्वसामु चिनाउन राष्ट्रियस्तरको पाणिनि तपोभूमि सम्मेलन गरिने भएको छ ।

संस्कृत व्याकरणका प्रतिपादनकर्ता महर्षि पाणिनिले कठोर तपस्या गरी भगवान् शिवबाट व्याकरणका १४ सूत्र प्राप्त गरेको मानिने यस स्थलमा यथेष्ट अध्ययन, प्रचार–प्रसार र संरचनागत विकास गर्नका लागि पाणिनि सम्मेलनको आयोजना गरिएको पाणिनि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमानाथ न्यौपानेले बताउनुभयो ।

यही चैत २७ र २८ गते हुने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाट्न गर्ने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले बताउनुभयो । लुम्बिनी प्रदेश सरकार उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् र गाउँपालिकाको सहकार्यमा यो सम्मेलन हुँदैछ ।

सम्मेलनमा प्रधानमन्त्री ओलीसहित पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेशका उद्योग तथा पर्यटनमन्त्री प्रचण्डविक्रम न्यौपानेलगायत धर्मगुरु तथा संस्कृतका भाषाविद्को उपस्थिति रहनेछ । संस्कृत भाषा र व्याकरणमा रुचि राख्ने विश्वभरका अनुसन्धानकर्ता तथा पर्यटकलाई पाणिनि तपोभूमिमा आकर्षित गर्ने वातावरण तयार गर्न सके यसको प्रचारप्रसार हुने अपेक्षा गरिएको छ ।

पाणिनि तपोभूमि सम्मेलन २०८१ मात्र एउटा कार्यक्रम नभएर नेपालकै गौरवशाली सम्पदालाई विश्वसामु चिनाउने अवसर रहेको लुम्बिनी प्रदेश पर्यटन विकास परिषद्का कार्यकारी निर्देशक रामु जोशीले बताउनुभयो । यस सम्मेलनले पाणिनिको प्रचारप्रसार हुने र त्यसका कारण लुम्बिनी प्रदेशमा पर्यटनको सङ्ख्यामा वृद्धि हुने उहाँले बताउनुभयो ।

वडा नं १ र २ को सिमानामा पर्ने पाणिनी तपोभूमि क्षेत्र विश्व भाषा सम्पदाको प्रमुख स्थल हो । अर्घाखाँची र पाल्पाको सिमानामा पर्ने यो तपोभूमि क्षेत्र प्राकृतिक रुपमा पनि अत्यन्तै सुन्दर छ । यो क्षेत्र पाणिनि ऋषिले तपस्या गरेको र व्याकरण उत्पत्ति भएको भन्ने धेरै प्रमाण भेटिएको गाउँपालिकाका पूर्वअध्यक्ष अच्युत गौतमले बताउनुभयो ।

विश्वकै प्राचीन भाषा उत्पत्ति भएको क्षेत्र भए पनि यो क्षेत्र व्यापक प्रचारप्रसार नहुँदा ओझेलमा परेको यस क्षेत्रको प्रचारप्रसारका लागि विश्व भाषासँग सम्बन्धित सबै लाग्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित
२०८३ कार्तिक २९, आइतबार
सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार
२०८३ कार्तिक २९, आइतबार
छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठानः उपराष्ट्रपति यादव
२०८३ कार्तिक २९, आइतबार
छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् : गगन थापा
२०८३ कार्तिक २९, आइतबार
ट्राफिक नियम उल्लंघन गर्ने ५५७ सवारी चालक ट्राफिक फन्दामा
२०८३ कार्तिक २९, आइतबार
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
२०८३ कार्तिक २९, आइतबार
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २९, आइतबार