असार २३, २०८२ सोमबार July 7, 2025

मुख्यमन्त्री कप महिला भलिबल : बाँकेलाई ३-१ सेटले हराउँदै रोल्पा तेस्रो

प्रतियोगिताको उपाधिका लागि पाल्पा र रुपन्देही आमनेसामने हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं। दाङको घोराहीमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल प्रतियोगितामा बाँकेलाई हराउँदै रोल्पा तेस्रो भएको छ ।

प्रदेश खेलकुद परिषद्, लुम्बिनीको आयोजनामा भएको प्रतियोगिता अन्तरगत शनिबार भएको खेलमा बाँकेलाई ३–१ सेटले हराउँदै रोल्पा तेस्रो भयो भने बाँके सान्त्वना भएको छ ।

घोराही उपमहानगरपालिका–१५ स्थित जिल्ला समन्वय समितिको सहिद मञ्चमा फागुन २० गतेदेखि जारी प्रतियोगितामा रोल्पाले बाँकेलाई २५–२३, २५–९, २४–२६ र २५–१८ अङ्कका साथ पराजित गरेको हो ।

यसअघि, पहिलो सेमिफाइनलमा रोल्पा पाल्पासँग ३–१ को सेटमा पराजित भएको थियो भने दोस्रो सेमिफाइनलमा बाँके जिल्ला रुपन्देहीसँग ३–२ को सेटमा पराजित भएको थियो ।

प्रतियोगिताको उपाधिका लागि पाल्पा र रुपन्देही आमनेसामने हुँदै छन् ।

लुम्बिनीका १२ वटै जिल्लाबाट खेलाडीहरू सहभागी भएको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरन गौतमले जानकारी दिनुभयो ।

प्रतियोगिताको उपाधि विजेताले नगद एक लाख, मेडल, ट्रफी र प्रमाण–पत्र पुरस्कार पाउने छ भने उपविजेताले नगद पैसट्टी हजार, मेडल, ट्रफी र प्रमाण–पत्र पाउने आयोजक प्रदेश खेलकुद परिषद्का सदस्य कैलाश रोका मगरले बताउनुभयो । यसैगरी, तृतीय पुरस्कार नगद पैँतिस हजार, मेडल, ट्रफी र प्रमाण–पत्र र सान्त्वना हुने टिमले नगद पन्ध्र हजार प्रमाण–पत्र प्राप्त गर्ने उहाँले बताउनुभयो ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद दश हजार, मेडल, ट्रफी र प्रमाण–पत्र प्रदान गरिनुका साथै ६ विधामा उत्कृष्ट हुने खेलाडीलाई पनि जनही पाँच हजार, मेडल, ट्रफी र प्रमाण–पत्र प्रदान गरिने उहाँले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया