काठमाडौं, २४ चैत । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ नेकपा (माओवादी केन्द्र) को उपाध्यक्षमा मनोनित भएका छन् ।
पार्टीले पुनलाई केन्द्रीय सदस्य, स्थायी समिति सदस्य र पार्टी उपाध्यक्षको जिम्मेवारी दिएको हो ।
उपराष्ट्रपतिको कार्यकाल सकिएपछि लामो समयदेखि पासाङ राजनीतिक रुपमा निष्कृय नै थिए ।
पछिल्लो चार-पाँच महिनादेखि पार्टीको बैठकहरुमा अनौपचारिक रुपमा सहभागी हुने गरेका पासाङलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्ततः उपाध्यक्ष बनाएका हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया