असार २३, २०८२ सोमबार July 7, 2025

नेपाल सुपर लिगमा चितवन र झापाबीचले खेले बराबरी

चितवनले पहिलो खेलमा पोखरा थन्डर्सलाई २-० र अर्को खेलमा बुटवल लुम्बिनीलाई १-० गोलअन्तरले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २४ चैत । दोस्रो हाफको अतिरिक्त समयमा सम्हालिन नसक्दा एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा झापा एफसीसँग बराबरी खेलेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज सम्पन्न खेलमा चितवनले झापासँग १-१ गोलको बराबरी खेलेको हो ।

यो नतिजासँगै शीर्ष स्थानको चितवनले तीन खेलबाट सात अंक पुर्‍याएको छ । चितवनले पहिलो खेलमा पोखरा थन्डर्सलाई २-० र अर्को खेलमा बुटवल लुम्बिनीलाई १-० गोलअन्तरले हराएको थियो ।

चितवनका लागि आजको खेलमा टेरिक जेब्रनले गोल गरे । उनले खेलको २८औँ मिनेटमा गोल गर्दै चितवनलाई सुरुआती अग्रता दिलाए । यता झापाका लागि अलहाजी गिरोले खेलको दोस्रो हाफको अतिरिक्त समयमा बराबरी गोल फर्काए ।

झापाको समान खेलबाट तीन अंक भएको छ । झापाले यसअघि बुटवल लुम्बिनी एफसी र काठमाडौँ रेजर्ससँग बराबरी खेलेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया