असार २५, २०८२ बुधबार July 9, 2025

कमल थापाले बोलाए कार्यसम्पादन समितिको बैठक

तीनकुने घटना र सो घटनाको आधारमा पक्राउ परेकाहरूको रिहाईको बारेमा समेत बैठकमा छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।

आज दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बस्ने गरी बैठक बोलाइएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

मुलुकमा विकसित भएको पछिल्लो राजनितिक घटनाक्रम, आन्दोलनको तयारी र पार्टीको भूमिकाका बारेमा अध्यक्ष थापाबाट कार्यसम्पादन समितिमा ब्रीफिङ हुने उनको भनाइ छ।

तीनकुने घटना र सो घटनाको आधारमा पक्राउ परेकाहरूको रिहाईको बारेमा समेत बैठकमा छलफल हुने बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया