असार २३, २०८२ सोमबार July 7, 2025

च्याम्पियन्स लिग फुटबल : आर्सनलले रियल मड्रीडलाई ३-० गोलले हरायो

अब दोस्रो लेग अप्रिल १७ मा रियलको घरेलु मैदानमा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा आर्सनलले जित निकालेको छ ।

क्वाटरफाइनलको पहिलो लेगमा ईंग्लिश क्लब आर्सनलले स्पेनी क्लब रियल मड्रीडलाई ३-० गोलले हराएको हो ।

घरेलु मैदान इमिरेट्समा आर्सनललाई जित दिलाउन डेक्लान राइसले दुई तथा मिकेल मेरिनोले एक गोल गरे ।

राइसले खेलको ५८ औं र ७० औं मिनेटमा गोल गरेका हुन् । उनले दुबै गोल फ्रीकिकमा गरे ।

यस्तै ७५ औं मिनेटमा मेरिनोले गोल थपेपछि आर्सनल ३-० ले विजयी बन्यो । अब दोस्रो लेग अप्रिल १७ मा रियलको घरेलु मैदानमा हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया