असार २३, २०८२ सोमबार July 7, 2025

मधेस प्रदेशका मुख्यमन्त्री सिंहद्वारा जुडशीतल तथा सिरुवा पर्वको शुभकामना

लोकपर्व जुडशीतल सिरुवा पर्वका अवसरमा सुख समृद्धि, आरोग्य, शीतलता तथा दीर्घजीवनको कामना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुरधाम ।  मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रकृतिप्रति संवेदनशीलता अभिवृद्धि गर्ने लोकपर्व जुडशीतल सिरुवा पर्वका अवसरमा सुख समृद्धि, आरोग्य, शीतलता तथा दीर्घजीवनको कामनासहित शुभकामना सन्देश दिनुभएको छ ।

आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले प्रायःजसो धार्मिक तथा सांस्कृतिक पर्व प्राकृतिक परिवर्तन र पर्यावरण संरक्षणसँग सम्बन्धित रहेको उल्लेख गर्नुभएको छ । सन्देशमा भनिएको छ, “हाम्रो धार्मिक कृत्य नै प्रकृति प्रधान र ऋतुपे्ररित रहँदै आएको छ । ऋतुअनुसारको जीवनशैली नै मानवजीवनलाई सुसङ्गत तथा सार्थक तुल्याउने छ ।”

जुडशीतल सिरुवा पर्वले पर्यावरण संरक्षण तथा भूमण्डलीय उष्णता न्यूनीकरणको परम्परागत चेतना, ज्ञान र विधिलाई पुस्ता दर पुस्ता हस्तान्तरण गर्दै आएको  सन्देशमा उल्लेख छ ।  सन्देशमा भनिएको छ, “जलवायु परिवर्तन, ग्रिनहाउस ग्यासको प्रभाव, जैविक विविधताको सङ्कट तथा प्रदूषण नियन्त्रणजस्ता पर्यावरणीय मुद्दा चुनौती बनिरहेका बेला अत्यन्त सूक्ष्म तथा व्यावहारिक तवरले सबै खालका पर्यावरण तथा तिनका संरचना संरक्षणप्रति जुडशीतल सिरुवा पर्वले दायित्वबोध गराउँदै आएको छ ।

गर्मीको प्रभावबाट जोगिन आहार र व्यवहार दुवैमा परिवर्तन गर्नुपर्ने तथा प्राणी र वनस्पति दुवैमा समान अस्तित्वको स्वीकारोक्तिका साथ प्रकृतिको संरक्षण प्रयासमा सहभागी हुनुपर्नेजस्ता सन्देश प्रवाहित गर्ने यो पर्वका सबै विधिमा पारिस्थितिकीय प्रणाली र जैविक विविधताप्रति सचेतना अपनाउने चेष्टा अन्तर्निहित रहेको छ ।”

मुख्यमन्त्रीले शुभकामना सन्देशका आफ्ना ज्येष्ठ मान्यजनबाट टाउकोमा चिसो पानी थापेर आशीर्वाद ग्रहण गर्ने, रुख बिरुवामा जल सिञ्चन, जलका स्रोतहरूको सरसफाइलगायत उद्धार कार्य तथा हिलो माटो खेल्ने यो पर्वको वैज्ञानिक अर्थ र महत्वलाई अनुशीलन गर्ने विवेक एवं शक्ति प्राप्त होस् भन्ने कामनासमेत उल्लेख गर्नुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार