असार २३, २०८२ सोमबार July 7, 2025

राष्ट्रिय फिफ्टिन्स रग्बी च्याम्पियनसिपको उपाधि गोर्खाली रग्बी क्लबले जित्यो

उपाधिसँगै गोर्खालीले दुई लाख २२ हजार दुई सय २२ रुपियाँ पुरस्कार पायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । गोर्खाली रग्बी क्लबले लगातार दोस्रो पटक राष्ट्रिय फिफ्टिन्स रग्बी च्याम्पियनसिपको उपाधि जितेको छ ।

च्यासल रङ्गशालामा मङ्गलबार भएको लिगको अन्तिम खेलमा गोर्खालीले विभागीय टोली नेपाल पुलिस क्लबलाई ५५–० ले हराउँदै उपाधि रक्षा गरेको हो ।

पहिलो हाफमा ४० अङ्कको अग्रता लिएको गोर्खालीले दोस्रो हाफमा १५ अङ्क थपेको थियो । उपाधिसँगै गोर्खालीले दुई लाख २२ हजार दुई सय २२ रुपियाँ पुरस्कार पायो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया