असार २३, २०८२ सोमबार July 7, 2025

आइसिसी यु-१९ पुरुष क्रिकेटमा नेपालले हङ्कङलाई हरायो

नेपालको लगातार तेस्रो जित, हङकङ ९ विकेटले पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौंः आइसिसी यु–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटअन्तर्गत नेपालले तेस्रो जित निकालेको छ ।
आजको खेलमा नेपालले हङ्कङलाई नौ विकेटले हराउँदै जारी प्रतियोगितामा तेस्रो जित निकालेको हो ।
हङ्कङले जितका लागि दिएको एक सय १६ रनको लक्ष्य नेपालले १२ दशमलव तीन ओभरमा एक विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका लागि साहिल पटेलले अविजित ४२ रन बनाउँदा कप्तान नरेन भट्ट पनि अविजित रहँदै ३९ रन जोडे ।
नेपालका लागि नीरज यादवले २३ रनको योगदान दिए । नेपालले अतिरिक्त नौ रन प्राप्त गरेको छ ।
हङ्कङका लागि शयन पुरीले एक विकेट हात पारे । तल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले ४६ दशमलव दुई ओभरमा अलआउट हुँदै एक सय १५ रन बनाएको हो ।
हङ्कङका लागि शिव माथुरले अर्धशतकीय पारी खेले । उनले एक सय १६ बलमा चार चौका र एक छक्काको मद्दतले सर्वाधिक ६३ रन बनाएका हुन् । यस्तै, आर्या पन्जवानीले १३, वीर माथुरले १२ र ह्यारी थोमस हजसनले १० रनको योगदान दिँदा अन्य कुनै खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।
नेपालका लागि युवराज खत्रीले सर्वाधिक चार विकेट लिए । विपिनप्रसाद शर्माले तीन, सन्तोष यादवले दुई र अशोक धामीले एक विकेट हात पारेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया