असार २५, २०८२ बुधबार July 9, 2025

नेकपा एमालेद्वारा नीति सुझावपत्र प्रधानमन्त्रीलाई हस्तान्तरण

आगामी नीति तथा कार्यक्रमका लागि एमालेको विषयगत सुझाव प्रधानमन्त्री ओलीसमक्ष पेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विषयगत सुझावहरू बुझाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज एमालेका महासचिव शंकर पोखरेलसहितका नेताहरूले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीलाई सुझावपत्र हस्तान्तरण गरेका हुन् ।

एमालेले प्रधानमन्त्रीमा ओली नियुक्त भएपछि यस प्रकारको सुझाव दिए पनि त्यस बेला अघिल्लो सरकाबाट नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भइसकेकाले ती सुझाव समावेश हुन नसकेको सन्दर्भमा ताजगीकरणसहित पुनः सुझावपत्र दिइएको महासचिव पोखरेलले अवगत गराए ।

उनले एमालेले मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित सङ्कल्प यात्राका आधारमा अघिल्लो सरकारलाई दिएका सुझाव पनि कार्यान्वयनमा आउन बाँकी रहेकोबारे प्रधानमन्त्रीलाई जानकारी गराए ।

ओलीले एमालेले दिएको सुझाव सरकारको नीति तथा कार्यक्रम र बजेट तर्जुमाका लागि उपयोगी हुने विश्वास व्यक्त गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया