असार २३, २०८२ सोमबार July 7, 2025

लन्डन म्याराथनमा सहभागी हुन धाविका सन्तोषी बेलायत जाने

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले गरे विदाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ३ बैशाख । लन्डन म्याराथनमा सहभागी हुन धाविका सन्तोषी श्रेष्ठ बिहीबार बेलायत जाने भएकी छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सन्तोषीलाई बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।

सदस्य–सचिव घिसिङले देशको शान बढाउने गरी उच्च प्रर्दशन गर्न सन्तोषीलाई सफलताको शुभकामना दिए ।

यही बैशाख १४ गते हुने लन्डन म्याराथनमा सहभागी हुन सन्तोषीलाई नेपाल रन युकेले व्यवस्थापन गरेको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जनाका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया