असार २३, २०८२ सोमबार July 7, 2025

करातेका शेखुलाई च्याम्पियन मार्सल आर्ट्सको सम्मान

करियरको १४ अन्तर्राष्ट्रिय प्रतियोगितामा शेखुले ५ स्वर्ण, ३ रजत र २ कांस्य पदक जिते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ३ बैशाख । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन मार्सल आर्ट्स क्लबले करातेका मोहम्मद शेखु आलमलाई नगदसहित सम्मान गरेको छ ।

डिस्ट्रिक्ट ३० का एसेमब्ली मेम्बर स्टेभन रागाले शेखुलाई १ हजार अमेरिकी डलर र प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको क्लबका अध्यक्ष सुनिल लामाले जनाएका छन् ।

शेखु युएसए ओपन कराते प्रतियोगिता खेल्न हाल अमेरिकामा छन् । लस भेगसमा अप्रिल १८ देखि २० तारिखसम्म हुने प्रतियोगितामा शेखुले पुरुष ८४ केजीमुनि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

करियरको १४ अन्तर्राष्ट्रिय प्रतियोगितामा शेखुले ५ स्वर्ण, ३ रजत र २ कांस्य पदक जितेका छन् । त्यत्तिनै घरेलु प्रतियोगितामा शेखुले ९ स्वर्ण, १ रजत र ४ कांस्य हात पारेका छन् ।

कार्यक्रममा नेपाली कम्युनिटीका लिडर नवराज केसी, कराते प्रशिक्षक मकेन्द्रबहादुर सिंह र जनकसिंह खड्का, तेक्वान्दो प्रशिक्षक पुष्प थापा मगरलगायतको उपस्थिति रहेको थियो ।

११ औं दक्षिण एसियाली खेलकुद (साग) तथा १३ औं एपीएसकेएफका स्वर्ण विजेता क्लबका अध्यक्ष लामाका अुनसार च्याम्पियन मार्सल आट्र्स क्लब युएसएले आफ्नो नियमित प्रशिक्षणसँगै विभिन्न प्रतियोगितामा सहभागिता जनाउदै आएको छ ।

त्यस्तै क्लबले सामाजिक कार्य र खेल क्षेत्रका साथै विभिन्न व्यक्तित्वलाई सम्मान पनि गर्दै आइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया