असार २३, २०८२ सोमबार July 7, 2025

च्याम्पियन्स लिग सेमिफाइनलमा आर्सनल र इन्टरको धमाकेदार प्रवेश

आर्सनल र इन्टरमिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । च्याम्पियन्स लिगमा रियल म्याड्रिडलाई हराउँदै आर्सनल सेमिफाइनलमा पुगेको छ ।

गएरातिको खेलमा रियल म्याड्रिडलाई २–१ ले पराजित गर्दै समग्रमा ५–१ को अग्रतासहित आर्सनल अन्तिम चारमा पुगेको हो । योसँगै १५ पटकको विजेता रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको छ ।

अर्को खेलबाट इन्टर मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखसँग गएराति २–२ को बराबरी खेलेपछि समग्रमा ४–३ को अग्रतासहित इन्टर अन्तिम चारमा पुगेको हो ।

पेरिस सेन्ट जर्मेन (पीएसजी) र बार्सिलोना यसअघि नै सेमिफाइनल पुगिसकेका छन् । अब सेमिफाइनलमा बार्सिलोना र इन्टर तथा पीएसजी र आर्सनलबीच प्रतिस्पर्धा हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया