असार २३, २०८२ सोमबार July 7, 2025

नेपाल सुपर लिग : धनगढीलाई हराउँदै चितवन प्लेअफमा

जीतसँगै ६ खेलमा १० अङ्क जोडेको चितवन तेस्रो स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा एफसी चितवनले धनगढी एफसीलाई हराएको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको लिग चरणको अन्तिम खेलमा चितवनले धनगढीलाई ३–१ ले हराउँदै प्लेअफमा प्रवेश गरेको हो । जीतसँगै ६ खेलमा १० अङ्क जोडेको चितवन तेस्रो स्थानमा रहेको छ ।

पहिलो हार बेहोरेको धनगढी समान खेलबाट ११ अङ्कका साथ दोस्रो स्थानमा छ । यस्तै आठ अङ्क रहेको काठमाडौं रेजर्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।

चौथो स्थानमा रहेको पोखरा थन्डर्ससँग समान आठ अङ्क रहे पनि गोल अन्तरमा पछि पर्दै काठमाडौं बाहिरिएको हो ।

नेपाल सुपर लिग (एनएसएल) फुटबलको पहिलो सेमिफाइनलमा भोलि ललितपुर सिटी एफसी र धनगढी खेल्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया