असार २३, २०८२ सोमबार July 7, 2025

नेपाल सुपर लिग : आज चितवन एफसी र पोखरा थण्डर्स खेल्दै

तेस्रो संस्करणको एनएसएलको फाइनल खेल आउँदो शनिवार हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको एलिमिनेटरमा आज चितवन एफसी र पोखरा थण्डर्स खेल्दैछन् । खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका ६ बजे शुरु हुनेछ ।

यो खेलको विजेताले दोस्रो क्वालिफायरमा बुधवार धनगढीसँग खेल्नेछ भने पराजित हुने टोली बाहिरिनेछ । लिग चरणमा चितवन तेस्रो र पोखरा चौथो हुँदै प्लेअफमा प्रवेश गरेका हुन् ।

हिजो भएको पहिलो क्वालिफायरमा धनगढी एफसीलाई २–१ गोलले हराउँदै ललितपुर फाइनलमा पुगिसकेको छ । तेस्रो संस्करणको एनएसएलको फाइनल खेल आउँदो शनिवार हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया