असार २३, २०८२ सोमबार July 7, 2025

आईपीएलमा शीर्षस्थानको गुजरातले कोलकातालाई ३९ रनले हरायो

शीर्षस्थानको गुजरातको ८ खेलमा १२ अंक भएको छ भने ८ खेलमा ६ अंक मात्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शीर्षस्थानको गुजरात टाइटन्सले छैटौं जित निकालेको छ । सोमबार भएको खेलमा गुजरातले कोलकाता नाइट राइडर्सलाई ३९ रनले हराएको हो ।

इडेन गार्डेन्समा गुजरातले दिएको १९९ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १५९ रन मात्र बनाउन सक्यो । कप्तान अजिन्क्या रहानेले ५० रन बनाएपनि जितका लागि भने पर्याप्त हुन सकेन ।

अंगकृश रघुवंशीले अविजित २७ तथा आन्द्रे रसलले २१ रन बनाए । गुजरातका लागि प्रसिध कृष्णा र राशिद खानले २-२ विकेट लिए । मोहम्मद सिराज, इशान्त शर्मा, साइ किशोर र वासिङटन सुन्दरले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ३ विकेट गुमाएर १९८ रन बनाएको थियो । शुभमन गिलले ९० तथा साइ सुदर्शनले ५२ रन बनाए भने जस बट्लर ४१ रनमा नटआउट रहे । कोलकाताका आन्द्रे रसल, वैभव अरोरा र हर्षित रानाले १-१ विकेट लिए ।

यस जितपछि शीर्षस्थानको गुजरातको ८ खेलमा १२ अंक भएको छ भने ८ खेलमा ६ अंक मात्र भएको कोलकाता सातौंमा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार