असार २३, २०८२ सोमबार July 7, 2025

प्रधानमन्त्री ओली र ब्राजिलियन फुटबल स्टार रोबर्टो कार्लोसबीच भेटवार्ता

नेपाली फुटबलप्रति चासो व्यक्त गर्दै विभिन्न कार्यक्रमहरूमा सहभागी हुने जानकारी गराए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका प्रसिद्ध पूर्वफुटबल खेलाडी रोबर्टो कार्लोसबीच आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ।

विश्वकप विजेता टोलीका सदस्य समेत रहेका कार्लोस नेपालमा जारी नेपाल सुपर लिग (NSL) को तेस्रो सिजनको खेल अवलोकनका लागि काठमाडौँ आएका हुन्।

भेटका क्रममा प्रधानमन्त्री ओलीले कार्लोसलाई नेपाल आगमनप्रति स्वागत जनाउँदै, “तपाईंको उपस्थितिले नेपाली खेलाडी र युवा पुस्तामा उत्साह थपिएको छ,” भनेका थिए। उनले खेलले राष्ट्रको पहिचान र कूटनीतिक सम्बन्ध प्रगाढ बनाउन भूमिका खेल्ने विश्वास पनि व्यक्त गरे।

प्रधानमन्त्री ओलीले नेपाल र ब्राजिलबीचको दीर्घकालीन कूटनीतिक सम्बन्ध उल्लेख गर्दै, खेलकुद क्षेत्रमा अनुभव र ज्ञानको आदान–प्रदान आवश्यक रहेको बताए। उनले नेपाली फुटबलको विकासका लागि अन्तर्राष्ट्रिय हस्तिहरूको सहयोग महत्वपूर्ण हुने धारणा पनि व्यक्त गरे।

त्यसैगरी, कार्लोसले नेपाली फुटबलमा युवा प्रतिभा देखिएको भन्दै आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरमा योगदान गर्न सक्ने सम्भावना रहेको बताएका छन्।

भेटघाटपश्चात कार्लोसले नेपाली फुटबलप्रति चासो व्यक्त गर्दै विभिन्न कार्यक्रमहरूमा सहभागी हुने जानकारी गराइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
“एएफसी छनोटबाट धेरै सकारात्मक ऊर्जा लिएर फर्किएकी छु” – कप्तान सावित्रा भण्डारीः
२०८२ असार २३, सोमबार
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
२०८२ असार २३, सोमबार
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार