कार्तिक २५, २०८३ बुधबार November 11, 2026

सरकार सबै नागरिकको उज्यालो भविष्य सुनिश्चित गर्न लागि परेको छ : मन्त्री शाही

नेपालमै सबैको भविष्य सुरक्षित गर्न सरकार प्रतिबद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले बालबालिका र युवाहरुको अधिकार सुनिश्चित गर्दै आगामी पुस्तालाई यो नेपाल गौरवमय गर्न लायकको बनाउन आवश्यक रहेको बताएका छन्।

बालबालिका तथा युवा (वायु) संवादमा बोल्दै उनले एउटा सुन्दर र सबैको भविष्य यही नेपालमा सुनिश्चित हुने खालको नेपाल निर्माण गर्नको लागि अहिलेको वर्तमान सरकार कटिबद्ध भएर लागेको बताएका हुन्।

उनले भने, ‘नेपाल सरकार बालबालिका र युवाहरुको अधिकार सुनिश्चित गर्दै आगामी पुस्तालाई यो नेपाल गौरवमय गर्न लायकको नेपाल बनाउन आवश्यक छ। नेपाल एउटा सुन्दर र सबैको भविष्य यही सुनिश्चित हुने खालको निर्माण गर्नको लागि अहिलेको वर्तमान सरकार कटिबद्ध भएर लागेको छ।’

साथै, उनले जलवायु परिवर्तनको सबैभन्दा ठूलो असर नेपालले भोग्नु परेको बताए। उनले जलवायु परिवर्तनले बेमौसमी वर्षात, अतिवृष्टी, अनावृष्टीले गर्दा सुन्दर बस्तिहरु आज बगर र खहरेमा परिणत भैइरहेको बताए।

उनले भने, ‘जहाँसम्म जलवायु परिवर्तनले पारेको असरका बारेमा हामी सबै जानकार छौं। अहिले कोही पनि यसबाट अछुत छैनौं। हाम्रो देश अत्यन्तै हिमालयन र पर्वतिय मुलुक हो। जहाँ त्यहि डाडाहरु हिउँले ढाकिएका हुन्थे तर अहिले हिउँ त कता हो कता बेमौसमी वर्षात, अतिवृष्टी, अनावृष्टीले गर्दा हाम्रा सुन्दर बस्तिहरु आज बगरमा परिणत भएका छन्। खहरेमा परिणत भएका छन्। हामीले यो अनायशै पीडा भोग्नु परेको छ। जलवायु परिवर्तनमा कार्वन उत्सर्जनमा हाम्रो भूमिका खासै छैन तर पनि त्यसको असर हिमाल भएका कारण नेपालले भोग्नु परेको छ।’

साथै, उनले कार्वन उत्सर्जनमा नेपालको भूमिका नभएकाले कार्वन उत्सर्जनमा बढी भूमिका निर्वाह गरेका राष्ट्रहरुले त्यसको क्षतिपूर्तिदेखि लिएर सबै असरहरु कम गर्नका लागि महत्वपूर्ण कदमहरु चाल्नुपर्ने बताए।

उनले भने, ‘जसले कार्वन उत्सर्जनमा बढी भूमिका निर्वाह गरेका छन् ति राष्ट्रले त्यसको क्षतिपूर्तिदेखि लिएर ति सबै असरहरु कम गर्नका लागि महत्वपूर्ण कदमहरू ति राष्ट्रहरुले चाल्नुपर्छ भन्ने कुरामा हामीले आफ्ना आवाजहरु केन्द्रित गरेका छौं।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
CM Yadav to seek vote of confidence on November 14
२०८३ कार्तिक २५, बुधबार