असार २३, २०८२ सोमबार July 7, 2025

नेपाल सुपर लिग : पोखरालाई २–१ ले हराँउदै ललितपुर सिटी एफसीले जित्यो उपाधी

उपविजेता बनेको पोखराले ३० लाख रुपैयाँ प्राप्त गर्‍यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पोखरा थन्डर्सलाई पराजित गर्दै ललितपुर सिटी एफसीले लगातार दोस्रोपल्ट उपाधि हात पारेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा ललितपुरले दुई विदेशी खेलाडीको गोलमा २–१ को जित हात पारेको हो।उपाधिसँगै ललितपुरले ८० लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता बनेको पोखराले ३० लाख रुपैयाँ प्राप्त गर्‍यो।

ललितपुरले गत संस्करणमा धनगढी एफसीलाई ३–२ ले पराजित गर्दै पहिलोपल्ट उपाधि जितेको थियो।

ललितपुरलाई जित दिलाउन इजिकेलले एक गोल र एक असिस्ट गरे। अर्को गोल भने पापा इबु केबले गरेका हुन्। पोखराका सुदील राईले गरेको गोल सान्त्वनाबाहेक केही रहेन। ललितपुरलाई सुरुआती अग्रता लिन ४२औं मिनेटसम्म कुर्न परेको थियो।

तर, इजिकेलले लामो समयको प्रतीक्षा अन्त्य गर्दिए। मनोज राईले दिएको क्रसलाई पोखराका गोलकिपर प्रिसोले रोक्ने प्रयास गरेका थिए। तर, सही जजमेन्ट गर्न नसक्दा इजिकेलले सिक्स यार्ड बक्सनजिकबाट हेडर गर्दै गोलमा परिणत गरे।

उनलाई समीर तामाङ र एकराज बूढाथोकीले पनि रोक्न सकेनन्।प्रतियोगितामा उनको यो तेस्रो गोल हो।

तर, ६४औं मिनेटमा सुदीलले पोखरालाई खेलमा फर्काए। स्टेफन समीर बिनोङले हेडरमार्फत प्रहार गरेको बललाई ललितपुरका गोलकिपर जेफ्री बाल्टुसले सेभ गरेका थिए।

तर, रिबाउन्डमा आएको बललाई सुदीलले गोलमा परिणत गरे। उनलाई ललितपुरका डिफेन्डर सनिश श्रेष्ठले रोक्न सकेनन्। प्रतियोगितामा सुदीलको यो दोस्रो गोल हो।

तर, १० मिनेटपछि नै ललितपुर पुन: खेलमा फर्कियो। इजिकेलले पेनाल्टी बक्सनजिकबाट दिएको बललाई पापाले कन्ट्रोल गर्दै गोलमा परिणत गरे। पोखराका दुई डिफेन्डर नजिकै भए पनि उनलाई रोक्न सकेनन्।

पापाको पनि यो दोस्रो गोल हो। दुई गोलले पछाडि परेसँगै पोखराका खेलाडी केही आक्रोसित बनेका थिए। पहिलो हाफमा कुनै दृश्य नदेखिए पनि दोस्रो हाफमा भने दुवै टोलीबीच हात हालाहाल र धकेलाधकेलको स्थित देखिएको थियो। तर, ललितपुरलाई त्यसले केही फरक पारेन र उपाधि पुन: आफ्नो पोल्टामा पार्‍यो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार