श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

पूर्वराजा ज्ञानेन्द्रले पहलगाम आक्रमणप्रति दिए श्रद्धाञ्जली, हिन्दू समुदाय लक्षित हमलाको भर्त्सना

आतंककारी आक्रमणप्रति पूर्वराजा ज्ञानेन्द्रको गहिरो दुःख व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:


काठमाडौं, १३ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्मु कश्मीरस्थित पहलगाममा भएको आतंककारी आक्रमणमा मारिएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। शनिबार एक समवेदना सन्देश जारी गर्दै उनले घटनामा ज्यान गुमाएका एक नेपालीसहित सबै दिवंगतप्रति गहिरो श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

पूर्वराजाले भारत सरकारप्रति पनि गहिरो सहानुभूति व्यक्त गरेका छन्। उनले हिन्दू समुदायलाई नै लक्षित गरी भएको उक्त घटनाको जति निन्दा गरे पनि कम हुने बताउँदै, यस्तो अमानवीय कार्यको विश्वव्यापी भर्त्सना हुनुपर्ने आवश्यकता औंल्याएका छन्।

उनको सन्देशमा भनिएको छ, “बसुधैव कुटुम्बकम्”को आदर्श अवलम्बन गर्ने सनातनी वैदिक हिन्दू धर्मावलम्बीहरूको दिव्य मानवीय मान्यता विपरीत यस्तो जघन्य अपराध गर्नु सर्वथा धर्मविरुद्धको पाप कर्म हो भन्ने हाम्रो ठम्याइ छ। सम्पूर्ण हिन्दू समुदायलाई मर्माहत तुल्याउने यस्ता घटनाको विश्वव्यापी निन्दा र भर्त्सना हुनैपर्छ।”

पूर्वराजा शाहले यस घटनाबाट पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधि मण्डलको भेट
२०८२ श्रावण ८, बिहिबार
आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थिति अन्त्य हुनुपर्छ : सभामुख घिमिरे
२०८२ श्रावण ८, बिहिबार
नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु
२०८२ श्रावण ८, बिहिबार
बिपी कोइरालाको आर्थिक नीति समृद्धि बाँड्ने होः प्रवक्ता महत
२०८२ श्रावण ८, बिहिबार
हवाई सेवा प्राधिकरण विधेयकः सांसदद्वारा संरचना र सुरक्षामा सुझाव
२०८२ श्रावण ८, बिहिबार
काभा पुरुष क्लब भलिबलमा हेल्प नेपालले कांस्य पदक जित्यो
२०८२ श्रावण ८, बिहिबार
द्वन्द्वका कारण थाइल्यान्डद्वारा कम्बोडियासँगको सीमा बन्द
२०८२ श्रावण ८, बिहिबार