श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

नेपाल सधैँ आतंकवादको विपक्षमा: परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा

नेपाल सधैं आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र उद्देश्यका आतंकवादी गतिविधिहरूको कडा शब्दमा निन्दा गर्ने स्पष्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सधैं आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र उद्देश्यका आतंकवादी गतिविधिहरूको कडा शब्दमा निन्दा गर्ने स्पष्ट गर्नुभएको छ।

भारतको काश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपालस्थित भारतीय दूतावासमा आयोजित कार्यक्रममा मन्त्री डा. राणाले नेपाल शान्तिको पक्षमा र आतंकवादविरुद्ध दृढतापूर्वक उभिएको बताउनुभयो।

“नेपालले आतंकवादका सबै स्वरुप र अभिव्यक्तिहरूको कडा निन्दा गर्दछ,” मन्त्री राणाले भन्नुभयो, “जहाँ, जहिले र जुनसुकै उद्देश्यका लागि गरिने आतंकवादी क्रियाकलापको सदैव विपक्षमा नेपाल उभिन्छ।”

उहाँले आतंकवादका विषयमा व्यवहार गर्दा कहिल्यै दोहोरो मापदण्ड नअपनाउने र नेपाल कुनै पनि हालतमा आफ्नो भूमि आतंकवादी गतिविधिका लागि प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। पहलगाम हमलाको नेपालले कडा शब्दमा निन्दा र भत्र्सना गरेको उहाँले पुनः जोड दिनुभयो।

मन्त्री डा. राणाले यस दुःखद घडीमा नेपाल भारतीय जनताका साथै भारत सरकारको पक्षमा दृढ साथ उभिएको बताउनुभयो। “नेपाल आतंकवादविरुद्धको लडाइँमा भारतसँग काँधमा काँध मिलाएर उभिएको छ,” उहाँले स्पष्ट पार्नुभयो।

नेपाल र भारतबीचको सम्बन्धबारे बोल्दै उहाँले दुई देशको मित्रता केवल कूटनीतिक नभई साझा इतिहास, संस्कृति र सहकार्यमा आधारित रहेको उल्लेख गर्नुभयो। “हाम्रा खुला सीमाना आपसी विश्वासका प्रतीक हुन् र पारिवारिक सम्बन्धहरूले हाम्रो नाता झनै मजबुत बनाएका छन्,” मन्त्री राणाले भन्नुभयो, “हामी सधैं खुशी र संकटका समयमा एकसाथ उभिएका छौँ। भूकम्पले नेपाललाई तहसनहस पार्दा सबैभन्दा पहिला सहयोगको हात भारतले नै बढाएको थियो।”

त्यस अवसरमा उहाँले पहलगाम त्रासदीमा ज्यान गुमाएका नेपाली युवा सुदीप न्यौपानेको शव नेपाल ल्याउन सहयोग गरेकोमा भारत सरकारप्रति धन्यवाद ज्ञापन गर्नुभयो। साथै, उहाँले आतंकवादी हमलामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभयो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधि मण्डलको भेट
२०८२ श्रावण ८, बिहिबार
आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थिति अन्त्य हुनुपर्छ : सभामुख घिमिरे
२०८२ श्रावण ८, बिहिबार
नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु
२०८२ श्रावण ८, बिहिबार
बिपी कोइरालाको आर्थिक नीति समृद्धि बाँड्ने होः प्रवक्ता महत
२०८२ श्रावण ८, बिहिबार
हवाई सेवा प्राधिकरण विधेयकः सांसदद्वारा संरचना र सुरक्षामा सुझाव
२०८२ श्रावण ८, बिहिबार
काभा पुरुष क्लब भलिबलमा हेल्प नेपालले कांस्य पदक जित्यो
२०८२ श्रावण ८, बिहिबार
द्वन्द्वका कारण थाइल्यान्डद्वारा कम्बोडियासँगको सीमा बन्द
२०८२ श्रावण ८, बिहिबार