वैशाख २६, २०८१ बुधबार May 8, 2024

रा.ज.मो. निकट कानुन व्यबसायी संघको केन्द्रिय अध्यक्षमा पदम रोका निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल कानुन व्यबसायी संघको केन्द्रिय अध्यक्षमा पदम रोका निर्वाचित भएका छन् ।

दुइ दिनसम्म काठमाण्डाैमा सञ्चालन भएको संघको प्रथम राष्ट्रिय सम्मेलनले अधिवक्ता रोकाको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्य समिति र ७ जना सल्लाहकार समितिको चयन गरेको छ । निर्वाचित केन्द्रिय समितिको उपाध्यक्षमा क्रमशः रामप्रसाद शर्मा, नुमानन्द आचार्य र विदुर मल्ल चयन भएका छन् भने महासचिवमा लक्ष्मणदेव पाण्डे चयन भएका छन् । उक्त सम्मेलनले सचिवमा चुडामणी भुसाल र कोषाध्यक्षमा राजेन्द्र पुडासैनीलाई निर्वाचित गरेको छ । त्यसैगरी संघको केन्द्रिय सदस्यहरुमा डण्डप्रसाद भट्टराई (दीपक), हेमराज शर्मा, कल्पना खनाल, कृष्ण आचार्य, टीका थापा, आकाश गिरी, चिरञ्जिवी वेल्वासे र हस्तराज रेग्मी निर्वाचित भएका छन् ।

७ सदस्यीय सल्लाहकारहरूमा प्राध्यापक डा. श्रीधर गौतम, घनश्याम न्यौपाने, लक्ष्मी बास्कोटा, काजिगाउँले श्रेष्ठ, लालबहादुर जाग्री, खेमनाथ कोइराला र हिरालाल धामी चयन भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आज मातातीर्थ औँशी : मातातीर्थ कुण्डमा भक्तजनको घुइँचो
२०८१ वैशाख २६, बुधबार
पिएसजीलाई १-० गोलले हराउँदै डर्टमण्ड च्याम्पियन्स लिगको फाइनलमा
२०८१ वैशाख २६, बुधबार
सगरमाथा आरोहण गर्न ४ सय १४ जनाले लिए अनुमति
२०८१ वैशाख २६, बुधबार
काठमाण्डौं विश्वविद्यालयले अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने
२०८१ वैशाख २६, बुधबार
टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल भ्रष्टाचारी ठहर
२०८१ वैशाख २६, बुधबार
आज विश्व रेडक्रस दिवस विविध कार्यक्रम गरेर मनाइँदै
२०८१ वैशाख २६, बुधबार
संसद‍्मा बोल्न अनुमति माग्दै सभामुखलाई पठाए गृहमन्त्रीले पत्र
२०८१ वैशाख २६, बुधबार