श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

कोशी प्रदेश लगानी सम्मेलन २०२५ सुरु, १ खर्ब ७३ अर्ब बराबरका परियोजना सोकेसमा

उद्घाटन समारोहमा मधेश र कर्णाली प्रदेशका मुख्यमन्त्रीहरूको उपस्थिति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर, वैशाख १८ । कोशी प्रदेश सरकारले आयोजना गरेको दुईदिने कोशी प्रदेश लगानी सम्मेलन २०२५ विराटनगरमा सुरु भएको छ। सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले स्वस्ति वाचनसहित गरेका हुन्। उद्घाटन समारोहमा मधेश र कर्णाली प्रदेशका मुख्यमन्त्रीहरूको उपस्थिति रह्यो।

सम्मेलनमा चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारत लगायतका देशबाट लगानीकर्ताहरू सहभागी भएका छन् भने गैरआवासीय नेपाली र स्वदेशी लगानीकर्ताहरूको पनि उल्लेख्य उपस्थिति रहेको छ।

कोशी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाका अनुसार, सम्मेलनमा १ खर्ब ७३ अर्ब ४९ करोड बराबरका ७१ वटा परियोजना सोकेसमा राखिएको छ। ती परियोजनाहरू कृषि, पर्यटन, ऊर्जा, उद्योग, पूर्वाधार, सूचना प्रविधि (आईटी) र फोहोर व्यवस्थापन लगायतका क्षेत्रसँग सम्बन्धित छन्।

कोइरालाले सम्मेलनमा “२ दर्जनभन्दा बढी परियोजनामा सम्झौता हुने निश्चित जस्तै भइसकेको” जानकारी दिएका छन्। उनका अनुसार सम्झौता प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

पर्यटनसँग सम्बन्धित १५, पूर्वाधारका १४, कृषि र उद्योगसँग सम्बन्धित ९–९ तथा ऊर्जा क्षेत्रमा पनि ९ वटा परियोजना प्रस्तुत गरिएको छ।

मुख्यमन्त्री हिक्मत कार्कीले सम्मेलनमा बोलेका थिए, “लगानी सुरक्षित बनाउन प्रदेश सरकारले आवश्यक ८ वटा कानून अध्यादेशमार्फत संशोधन गरिसकेको छ।” उनले लगानीमैत्री वातावरण निर्माणका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

प्रदेश सरकारले लगानी आकर्षित गर्न नीति, नियम तथा कानूनी संरचनामा सुधार गर्ने प्रतिवद्धता जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधि मण्डलको भेट
२०८२ श्रावण ८, बिहिबार
आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थिति अन्त्य हुनुपर्छ : सभामुख घिमिरे
२०८२ श्रावण ८, बिहिबार
नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु
२०८२ श्रावण ८, बिहिबार
बिपी कोइरालाको आर्थिक नीति समृद्धि बाँड्ने होः प्रवक्ता महत
२०८२ श्रावण ८, बिहिबार
हवाई सेवा प्राधिकरण विधेयकः सांसदद्वारा संरचना र सुरक्षामा सुझाव
२०८२ श्रावण ८, बिहिबार
काभा पुरुष क्लब भलिबलमा हेल्प नेपालले कांस्य पदक जित्यो
२०८२ श्रावण ८, बिहिबार
द्वन्द्वका कारण थाइल्यान्डद्वारा कम्बोडियासँगको सीमा बन्द
२०८२ श्रावण ८, बिहिबार