श्रावण ७, २०८२ बुधबार July 23, 2025

पूर्वराजा ज्ञानेन्द्रलाई तुरुन्तै गिरफ्तार गर्न माओवादी सांसद सुनारको माग

पूर्वराजा शाहलाई कारबाहीको दायरामा ल्याउन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तुरुन्तै गिरफ्तार गर्न माग गरेका छन्।

राष्ट्रिय सभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै सांसद सुनारले चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको योजना बनाउनेमा पूर्वराजा शाहको संलग्नता रहेको आरोप लगाए।

“चैत १५ गते तीनकुनेमा उत्पात मच्चाउने घटनाको माइक्रो म्यानेजमेन्ट मिलाउने ज्ञानेन्द्र शाहलाई तुरुन्त गिरफ्तार गर्नुपर्ने थियो,” सुनारले भने, “सरकार अहिलेसम्म के हेरेर बसेको छ? सरकारले किन ढिलासुस्ती गरेको हो?”

उनले पूर्वराजालाई कारबाहीको दायरामा ल्याउन सरकारसँग आग्रह गरे।

गत १५ चैतमा राजतन्त्र पक्षधरहरूले “निर्णायक आन्दोलन” भन्दै तीनकुनेमा प्रदर्शन गरेका थिए। हिंसात्मक मोड लिएको सो प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार