काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीले लिग विजेता लिभरपुललाई ३–१ ले हराएको हो ।
घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा चेल्सीलाई जित दिलाउन एन्जो फर्नान्डेज र कोल पाल्मेरले गोल गरे । चेल्सीले एक गोल भने उपहारस्वरुप पायो । लिभरपुलका जारेल क्वान्साले आत्मघाती गोल गर्न पुगे । लिभरपुलका भान डाइकले एक गोल फर्काए ।
पराजित लिभरपुल ३५ खेलबाट ८२ अंकका साथ शीर्षस्थानमा छ भने चेल्सी ६३ अंकका साथ पाँचौं स्थानमा छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया