महेन्द्रनगर (धनुषा) । मधेस प्रदेश सरकारले सार्वजनिक बिदा थप गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारले गत चैत २२ गते आफ्नो राजपत्रमा प्रकाशित बिदामा थप गरेको हो ।
गृह, सञ्चार तथा कानुन मन्त्रालयका उपसचिव गणेश नायकद्वारा यही वैशाख २१ गते जारी सूचनाका अनुसार यही वैशाख २३ गते मङ्गलवार जानकी नवमी (सीता जयन्ती) र आगामी जेठ २८ गते बुधवार कविर दास जयन्तीका दिन प्रदेशमा बिदा दिने निर्णय भएको उल्लेख गरिएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया