असार २३, २०८२ सोमबार July 7, 2025

साफ यू–१९ फुटबल प्रतियोगिता खेल्ने जाने नेपाली फुटबल टोलीको बिदाइ

प्रतियोगिता मे ९ देखि १८ सम्म भारतको अरुणाञ्चलस्थित गोल्डेन जुब्ली स्टेडियम, युपियामा आयोजना हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । साफ यू-१९ पुरुष च्याम्पियनसिप २०२५ खेल्न भारत जाने नेपाली फुटबल टोलीको बिदाइ गरिएको छ । सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एक कार्यक्रम गरी टोलीको बिदाइ गरिएको हो ।सोही क्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज  विक्रम नेम्वाङले टोलीमा रहेको सबै खेलाडीहरुलाई आफ्नो कौशलता देखाएर आउन शुभकामना दिएका छन् ।

प्रतियोगिता मे ९ देखि १८ सम्म भारतको अरुणाञ्चलस्थित गोल्डेन जुब्ली स्टेडियम, युपियामा आयोजना हुनेछ । ६ टिम सहभागी यस प्रतियोगितालाई २ समूहमा विभाजन गरी खेलाइने छ । नेपालले समूह ‘बी’ मा रहेर प्रतियोगिता खेल्नेछ । समूह ‘बी’मा नेपालसहित भारत र श्रीलंका रहेका छन् । समूह ‘ए’ मा भने माल्दिभ्स, भुटान र बंगलादेश रहेको छ ।

नेपालले अहिलेसम्म दुई पटक यो उमेर समूहको उपाधि जितेको छ । पछिल्लो पटक सन् २०२४ मा नेपालमै भएको साफ यू-२० च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो ।

नेपालको साफ यू–१९ खेल्ने टोलीमा गोलकिपरमा भक्त बहादुर परियार, उपेन्द्र ल्वागुङ, विशेष बानिया, डिफेन्डरमा रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशहाङ नेम्वाङ, मदन पौडेल, राम थापा, विजय उर्बा, सिद्धान्त खड्का, मिडफिल्डरमा कृष्ण बहादुर आले, कृष थापा मगर, सरोज दर्लामी, लक्षु थापा, सबिन कुमार लुङ्गेली मगर, रञ्जित लामा, सुवास बम, विजय खड्का र फर्वाडमा पवन पाख्रिन, धरवेन्द्र कुँवर, सुरज ढंगोल र प्रसुन तामाङ रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार