कार्तिक २९, २०८३ आइतबार November 15, 2026

मिथिलामा धार्मिक अनुष्ठानका साथ जानकी नवमी मनाइँदै

सबैजसो मठमन्दिरमा सीताजीसम्बन्धी कथावाचन, शोभायात्रा गरेर सीता जयन्ती मनाइने परम्परा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

महोत्तरी : प्राचीन मिथिलाक्षेत्रमा विभिन्न धार्मिक अनुष्ठानका साथ आज जानकी नवमी मनाइँदैछ । विदेह भूमि पनि भनिने मिथिलामा सीताको जन्म भएको विश्वासमा हरेका वर्ष वैशाख शुक्ल नवमीका दिन सीताजयन्ती मनाइन्छ ।

सीतालाई देशको राष्ट्रिय विभूति मानिएको छ । त्रेतायुगमा विदेह राज्यमा अनिकाल पर्दा राजाले हलो जोते पानी पर्छ भन्ने विद्वत्सभाको निर्णयानुसार राजा जनकले खेत जोत्दा भूमिबाट सीता प्रकट भएकी विश्वास गरिन्छ । यसै विश्वासमा मिथिलामा यस दिनलाई जानकी नवमी वा जानकी प्रकाट्य दिवसका रुपमा मनाउने गरिएको हो ।

महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका मठमन्दिरमा वैशाख शुक्लपक्ष सुरु भएसँगै जानकी प्रकट दिवस मनाउन थालिन्छ । यो पर्वमा महोेत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठ, लक्ष्मीनारायण मन्दिर, जलेश्वरस्थित रामजानकी ब्रह्मचारी कुटी, बर्दिबासस्थित रामजानकी मन्दिर र कामेश्वरनाथ महादेव मन्दिर परिसरमा सीता जयन्ती नौदिने धार्मिक अनुष्ठा सम्पन्न गरिँदैछ । यहाँका सबैजसो मठमन्दिरमा सीताजीसम्बन्धी कथावाचन, शोभायात्रा गरेर सीता जयन्ती मनाइने परम्परा छ ।

बाल्यावस्थादेखि नै आफ्ना विशिष्ट गुणले आदर्श नारीको पहिचान बनाएकी सीताले विवाहपछि पनि मिथिलाको महिमा बढाएको रामायणसहितका पौराणिक ग्रन्थमा वर्णित छ । जानकी नवमी पर्व हिन्दू परम्परासँग जोडिएको भए पनि सीता विदेह भूमिकी छोरी भएकी हुँदा यहाँका सबै बासिन्दामा यस पर्वको भावनात्मक सम्बन्ध छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित
२०८३ कार्तिक २९, आइतबार
सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार
२०८३ कार्तिक २९, आइतबार
छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठानः उपराष्ट्रपति यादव
२०८३ कार्तिक २९, आइतबार
छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् : गगन थापा
२०८३ कार्तिक २९, आइतबार
ट्राफिक नियम उल्लंघन गर्ने ५५७ सवारी चालक ट्राफिक फन्दामा
२०८३ कार्तिक २९, आइतबार
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
२०८३ कार्तिक २९, आइतबार
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २९, आइतबार