श्रावण ७, २०८२ बुधबार July 23, 2025

उपराष्ट्रपति यादवसँग इजरायलका राजदूत बासको शिष्टाचार भेटवार्ता

दुई मुलुकबिचको द्विपक्षीय सम्बन्ध, कृषि तथा श्रम क्षेत्रमा सहयोग लगायतका विषयमा महत्वपूर्ण छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

लैनचौर हरितगृहस्थित उपराष्ट्रपतिको कार्यालयमा मङ्गलवार भएको भेटमा दुई मुलुकबिचको द्विपक्षीय सम्बन्ध, कृषि तथा श्रम क्षेत्रमा सहयोग लगायतका विषयमा महत्वपूर्ण संवाद भयो ।

उपराष्ट्रपति यादवले सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र इजरायलबीच मित्रता, सद्भाव, समझदारी तथा सहयोगपूर्ण सम्बन्ध कायम रहिआएको बताउनुभयो । उहाँले दुई मुलुकबीच विभिन्न सम्झौताहरू भएको र केही प्रक्रियामा रहेको जानकारीमा आएको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभयो । ‘नेपाल र इजरायलबीच आर्थिक, व्यापारिक, पर्यटन तथा लगानीका क्षेत्रमा सहकार्य गर्ने प्रमुख सम्भावना छ ’ उहाँले भन्नुभयो , ‘यी क्षेत्रहरूमा अवसरको खोजी गरी दुवै मुलुकले लाभ लिन सक्छन् । ’

उहाँले इजरायलमा उल्लेख्य सङ्ख्यामा महिला कामदारसहित ४५ सय नेपालीहरू विभिन्न क्षेत्रमा कार्यरत रहेकाले उनीहरूको तलव, बिमा, बिदा लगायतका सुविधाहरू सुनिश्चित गराउने सन्दर्भमा इजरायल सरकारको सकारात्मक पहल अपेक्षित रहेको बताउनुभयो ।

‘नेपाली विद्यार्थीहरूका लागि इजरायल सरकारले सञ्चालनमा ल्याएको ११ महिने ‘लर्न एण्ड अर्ना’ कार्यक्रमले कृषि विषयमा सीप सिक्न तथा त्यससँग सम्बन्धित अत्याधुनिक प्रविधिबारे जानकारी पाउने मात्र नभई स्वयं आम्दानी समेत गर्न सक्ने अवसर दिएकोमा धन्यवाद दिन चाहन्छु’ उहाँले भन्नुभयो, ‘दुर्भाग्यवश, यस कार्यक्रमअन्तर्गत इजरायल गएका केही नेपाली विद्यार्थीहरूले ७ अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी ज्यान गुमाउनुको साथै विपिन जोशीको अवस्थाबारे हालसम्म पनि जानकारी प्राप्त हुन सकेको छैन । यस विषयमा इजरायल सरकारले विशेष पहल गरी निज जोशीलाई नेपाल फिर्ती गराउन प्राथमिकता दिन विशेष अनुरोध गर्दछु ।’

उपराष्ट्रपति यादवले नेपाल र इजरायलले संयुक्त राष्ट्र संघ लगायतका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चहरूमा आपसी सहयोग र सहकार्य गर्दै आएकोमा यसमा निरन्तरता पाउनेबारे आफू विश्वस्त रहेको बताउनुभयो ।

नेपालका लागि इजरायलका महामहिम राजदूत श्मुलिक एरी बासले हाम्रा दुई मुलुकबीच सहयोग र सहकार्य निरन्तर जारी रहने उल्लेख गर्दै इजरायलमा रहेका नेपाली कामदारहरूसँग भएको सम्झौता बमोजिम सुविधा पाए/नपाएको भन्नेबारे विभिन्न संघ/संस्थाहरूले अनुगमन गर्ने गरेको बताउनुभयो । ‘हाम्रा दुई मुलुकबीच केही सम्झौताहरू भइसकेको र केही प्रक्रियाका क्रममा रहेकाले ती सम्झौता पनि हुने विश्वास व्यक्त गर्दछु’ उहाँले भन्नुभयो, ‘इजरायलबाट विभिन्न किसिमको प्रशिक्षण लिएर आएकाहरू नेपालमा सफल भइरहेको जानकारी पाउँदा खुशी लागेको छ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चुरे संरक्षणका लागि दोहन रोकौं : उपप्रधानमन्त्री सिंह
२०८२ श्रावण ७, बुधबार
मधेश प्रदेश विपद संकटग्रस्त क्षेत्र घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रधानमन्त्रीको विशेष सम्बोधन स्थगित
२०८२ श्रावण ७, बुधबार
आज १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
२०८२ श्रावण ७, बुधबार
आज घण्टाकर्ण चतुर्दशी अर्थात् गठामङ्गल पर्व मनाइँदै
२०८२ श्रावण ७, बुधबार
काभा च्याम्पियन लिग : हेल्प नेपालले तेस्रो स्थानका लागि श्रीलङ्काली पुलिससँग खेल्ने
२०८२ श्रावण ७, बुधबार
त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आमनेसामने
२०८२ श्रावण ७, बुधबार